रामगोपालपुर नगरपालिकाले ९ औं नगर सभाबाट ल्याए ४२ करोड ४ लाखको अनुमानित बजेट – Jaleshwortoday

रामगोपालपुर नगरपालिकाले ९ औं नगर सभाबाट ल्याए ४२ करोड ४ लाखको अनुमानित बजेट

 June 24, 2023  
dd

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ९ असार


रामगोपालपुर नगरपालिकाले ९ औं गाउँ सभाबाट ४२ करोड ४ लाख २९ हजार ८ सय रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।
शनिबार ९ औं नगर सभाबाट नगर अध्यक्ष रामदुलार साहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ४२ करोड ४ लाख २९ हजार ८ सय रुपैयाँको अनुम

बजेट सार्वजनिक गरेको थियो ।


कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष रामदुलार साहले गर्नु भएको थियो भने प्रमुख अतिथिका रुपमा मधेस प्रदेश एमाले संसदीय दलको नेता तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव,उपाध्यक्ष रिना देवी यादव,प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार मण्डल,पालिका कर्मचारीहरुरु,वडाध्यक्षहरु,वडासदस्यहरु,नगरपालिका बोर्ड सदस्यहरु,विभिन्न राजनीतिकर्मीहरु,बुद्धिजिवि,समाजसेवी,संघसंस्थाका प्रतिनिधिहरु,स्थानिय जनसमुदाय तथा पत्रकारहरुलाई आसन ग्रहण गराइएको थियो ।

त्यसैगरी पालिका स्तरमा काम गर्ने दक्ष जनशक्ति तथा समाजसेवीहरुलाई दौसल्ला ओढाएर सम्मान गर्नुको साथै कदर पत्र समेत प्रदान गरिएको थियो ।

त्यसैगरी मन्तब्य राख्ने क्रममा विभिन्न पार्टीका प्रतिनिधिहरु तथा समाजसेवीहरुले बजेट कार्यान्वयनको सफलताको शुभकामना दिदैं नीति तथा कार्यक्रमको कार्यान्वयन पक्षमा विशेष ध्यान दिन
पालिका प्रमुख लगायतका सरोकारबालाहरुलाई ध्यानाकर्षण गराइएको थियो ।
अन्त्यमा नगरपालिका प्रमुख साहले कार्यक्रममा सहभागि सम्पूर्ण महानुभावहरु प्रति आभार प्रकट गर्दै सल्लाह र सुझावलाई अगामी दिनहरुमा आत्मसात गर्ने प्रतिबद्धता गर्नु भयो ।