लहानमा एक लाख घुस सहित एक कर्मचारी रङ्गेहात पक्राउ – Jaleshwortoday

लहानमा एक लाख घुस सहित एक कर्मचारी रङ्गेहात पक्राउ

 July 11, 2023  
hh

रामएकवाल राम
लहान, २६ असार

सडक डिभिजन कार्यलय लहानका लेखा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस सहित रंगेहात पक्राउ गरेको छ।

बर्दिवास कार्यालयबाट खटिएको अख्तियार टोलीले सडक डिभिजन कार्यालय, लहानका लेखा अधिकृत पदमविनोद पोखरेललाई घुस लिइसकेको अवस्थामा कार्यालयको क्वार्टरबाट नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

क्वार्टरबाट नियन्त्रणमा लिएपछि अख्तियार टोलीलाई नजिकै रहेको अर्को भवनमा पुर्‍याई जनप्रतिनिधि, निर्माण व्यवसायीहरूको रोहवरमा सर्जमिन मुचुल्का उठाएर साँझ साढे ७ बजेतिर बर्दिवास लिएर गएको हो।

अख्तियार टोलीले भवनभित्र मुचुल्का उठाइरहँदा कार्यालयको मुख्य गेटबाहिर केही निर्माण व्यवसायीहरूले लेखा अधिकृत पोखरेललाई नियोजित रूपमा फसाइएको भन्दै नाराबाजी गरेका थिए।