अधिकारिक ट्रेड युनियन निजामति कर्मचारीका संघसंगठनद्वारा ध्यानाकर्षण – Jaleshwortoday

अधिकारिक ट्रेड युनियन निजामति कर्मचारीका संघसंगठनद्वारा ध्यानाकर्षण

 August 14, 2023  
ss

जलेश्वरटुडे समाचारदाता
धनुुषा, २९ श्रावण

अधिकारिक ट्रेड युनियनका घटक संंघसंस्थाहरुद्वारा मधेस प्र्रदेश सरकारलाई ध्यानाकर्षण गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी संंगठन निजामति धनुुषा अध्यक्ष मुनेश्वर यादव,नेपाल निजामति कर्मचारी मंचको धनुुषाको अध्यक्ष दिपक ठाकुर,नेपाल निजामति कर्मचारी संगठन धनुषाको अध्यक्ष राकेश यादव र नेपाल निजामति कर्मचारी युनियनको धनुषा अध्यक्ष धर्मराज पौडेलले संयुक्त रुपमा ध्यानाकर्षण पत्र मुख्यमन्त्री सरोज कुमार यादव र मधेस प्र्रदेश प्रमुख सचिव किशोर चौधरीलाई बुझाएका थिए । सो पत्रमा मधेस प्र्रदेशका निजामति सेवा ऐन २०७७ तथा प्र्रदेश निजामति सेवा नियमावली २०७९ परिच्छेद ५, दफा २५,उपदफा ३ अनुसार सरुवा गर्नेबारे कुनै कर्मचारी एकै कार्यालयमा वा एकै जिल्लामा दुई वर्ष रहि रहेकोलाई अनिवार्य रुपमा सरुवा गरी अरु कर्मचारीलाई सेवा गर्ने अवसर प्र्रदान गर्न गराउन उल्लेख गरिएको छ । त्यसैगरी सोही ऐनको दफा ३७ कोे उपदफा ४ अनुसार उमेरको कारणबाट अनिवार्य अवकाश हुन एक वर्र्ष वा सो भन्दा कम अवधि बाँकी रहेको प्र्रदेश निजामति कर्मचारीलाई निजले माँगेको अवस्थामा बाहेक सरुवा गर्न नपाउने उल्लेख गरिएकोे छ । साथै संंघिय निजामति सेवा ऐन २०४९ नियमावली संसोधन सहितको तथा प्रदेश निजामति ऐन २०७७ नियमावली २०७९ अनुसार तपसिलका माथि उल्लेखित घटक संंंघसंस्थाहरुको जिल्ला कार्य समिति प्रतिनिधिहरुलाई जिल्ला बाहिर सरुवा नगर्न गराउन हुुन सम्बन्धीत सरोकारबालाहरुलाई ध्यानाकर्षण गराइएको छ ।