जनकपुर आर्ट एण्ड क्राफ्ट जनकपुरधामद्वारा श्रावण विशेष (मेहन्दी) कला सम्पन्न – Jaleshwortoday

जनकपुर आर्ट एण्ड क्राफ्ट जनकपुरधामद्वारा श्रावण विशेष (मेहन्दी) कला सम्पन्न

 August 15, 2023  
gg

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३० श्रावण

जनकपुर आर्ट एण्ड क्राफ्ट जनकपुरधाम द्वारा श्रावण विशेष (मेहन्दीप) कला सम्पन्न भएको छ ।

श्रावण विशेष महिनामा (मेहन्दी) जनकपुर आर्ट एण्ड क्राफ्ट का संस्थापक अजित साह र यस आर्ट एण्ड क्राफ्टका निर्देशक अशोक साह को निर्देशनमा संचालन भएको थियो ।

श्रावण विशेष ( मेहन्दी ) कार्यक्रम आयोजक इन्द्रजीत महतो को विशेष आयोजनामा यस आर्ट एण्ड क्राफ्ट ले आफ्नो कला संस्कृति जोगाउन र प्रबर्दनका निम्ति श्रावण विशेष ( मेहन्दी ) कार्यक्रम  श्रावण को प्रत्येक सोमबार जनकपुर , शिव मन्दिरको अगाडि श्रद्धालु भक्तजन हरुलाई नि:शुल्क मेहन्दी लगाई श्रावण मनाइरहेका छन् ।

यसले आफ्नो कला संस्कृति लाई जोगाउनु को साथ साथै महिलाहरूमा हौसला र आत्मलबलका पनि विकास भइरहेका छन् ।

यस आर्ट एण्ड क्राफ्टले चाड बाड को समयमा मिथिला कला संस्कृति झल्किने गरी निःशुल्क प्रोग्राम चलाउदै आई रहेका छन् ।

यस प्रोग्राम मा सहभागी पल्लवी कर्ण, सोनी साह, पूर्णिका शर्मा हरुको साथ सहयोगमा यस आर्ट एण्ड क्राफ्ट ले श्रावण विशेष ( मेहन्दी ) प्रोगाम सञ्चालन गरेका थिए । र श्रावण अन्तिम सोमबारका दिन धूमधाम पूर्वक कार्यक्रम सकाको इन्द्रजीत महतो जानकारी दिएका छन् ।