सुगा भवानीपट्टीमा शान्ति कलश यात्रा निकालियो – Jaleshwortoday

सुगा भवानीपट्टीमा शान्ति कलश यात्रा निकालियो

 September 4, 2023  
hh

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १८ भाद्र

आज जलेश्वर नगरपालिका अन्तर्गत सुगा भवानीपट्टीमा शान्ति कलश यात्रा निकालिएको छ । सो सोभा यात्रामा जलेश्वर नगरपालिका वडा नं.—४ को वडाध्यक्ष हरिश्चन्द्र महतो,श्री शुकदेव मा.वि.को प्रधानाध्यापक कृष्णचन्द्र मिश्र,चिल्ड्रेन्स पाराडाइज बो.स्कुलको संस्थापक प्रधानाध्यापक तथा समाजसेवी शम्भु ठाकुर,समाजसेवी रामआधार कापर,विद्यालयका शिक्षकहरु,विद्यार्थीहरु,स्थानीय गाउँबासी,विभिन्न राजनैतिक दलका नेताहरु,समाजसेवीहरु,महिला,प्रहरी,युवा स्वयंसेवक तथा पत्रकारको सहभागिता रहेको थियो ।
प्रत्येक वर्ष झै विभिन्न कार्यक्रमहरुका साथ मनाइने कृष्णजन्माष्टमीको अवसरमा यस वर्ष भोलि धार्मिक झाँकी भजन कार्यक्रम गरिने छ भने बुधबार कृष्ण भगवानको जन्मको दिन विधिबत रुपमा श्री कृष्णराधाको प्रतिमाको प्राणप्रतिष्ठा गरिने र बिहिबार कृष्णजन्म र कंश बध नाटकको मञ्चन गरिनुको साथै साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने आयोजकले जानकारी गराएका छन् ।
यस धार्मिक तथा ऐतिहासिक मेलामा सहभागि भई मेलाको शोभा बढाई दिन सबै देश तथा विदेशमा बस्ने ग्रामीण तथा सरोकारबालाहरुसँग वडाध्यक्ष महतोले आग्रह गरेका छन् ।