मधेश प्रदेशमा भोली सार्वजनिक बिदा – Jaleshwortoday

मधेश प्रदेशमा भोली सार्वजनिक बिदा

 September 27, 2023  
kk

जलेश्वरटुडे समाचारदाता
धनुषा, १० असोज

मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश प्रदेश सरकारले भोलि बिहीबार सार्वजनिक बिदा घोषणा गरेको छ।​

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले सूचना जारी गर्दै मुस्लिम समुदायहरूको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा असोज ११ गते बिहीबार अर्थात् भोलि सार्वजनिक बिदाको घोषणा गरे।

मन्त्रिपरिषद् बैठकबाट निर्णय भएअनुसार बिहीबार मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।