मधेस प्रदेश सरकारले इजरायलमा सहादत भएका आनन्दको परिवारलाई ५ लाख दिने – Jaleshwortoday

मधेस प्रदेश सरकारले इजरायलमा सहादत भएका आनन्दको परिवारलाई ५ लाख दिने

 October 10, 2023  
ss

जलेश्वरटुडे समाचारदाता
धनुषा, २३ असोज

मधेस प्रदेश सरकारले इजरायलमा सहादत भएका आनन्द साहको परिवारलाई ५ लाख दिने घोषणा गरेका छन् । इजरायलमा उग्रवादी संगठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका दस नेपालीको निधनको खबरले हामीलाई स्तब्ध र मर्माहत तुल्याएको छ । गत भदौ २५ र २६ गते ४९ जना नेपाली युवा अर्न एंड लर्न कार्यक्रम अन्तर्गत प्रयोगात्मक कृषि अध्ययनका साथ आयआर्जन गर्न इजरायल पुगेकोमा हमास समूहको बर्बर आक्रमणले सुदूर पश्चिमदेखि, मधेश प्रदेश, कोशी प्रदेशका दस नेपाली युवा आनन्द साह, नारायणप्रसाद न्यौपाने, गणेशकुमार नेपाली, आशीष चौधरी, दीपेशराज विष्ट, राजन फुलारा, पदम थापा, प्रवेश भण्डारी, लोकेन्द्रसिंह धामी र राजेशकुमार स्वर्णकारको जीवन खोसेकोमा हामी सारा नेपाली शोकमग्न छौंमुख्यमन्त्री सरोज कुमार यादवले प्रेस विज्ञप्ति मार्फत यी शब्दह्रु प्रकट गरेका छन् । वहाँले थप्नु भयो
ती जो युद्धमा सामेल थिएनन्, निहत्था र निर्दोष थिए आक्रमणको शिकार हुनु निन्दनीय छ । हमासको यो संवेदनहीन र अमानवीय कृत्य हो । यसले दस परिवारको सपना भताभुङ पारेको छ । असमयमा, अनाहक ज्यान गुमाउने युवाहरुप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै शोकसंतप्त परिवारलाई महाविपत्ति र यो असह्य पीडा एवम् वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु ।
साथै सोही आक्रमणमा परी ज्यान गुमाउन पुगेका मधेश प्रदेश, धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका २२ बर्षीय आनन्द साहका माता–पिता शिवकली देवी, सोमन साह र साह परिवारमा पनि गहन समवेदना व्यक्त गर्नु भएको छ भने पीडित साह परिवारलाई मधेश प्रदेश सरकारको तर्फबाट रु पांच लाख राहतस्वरुप प्रदान गरिने जानकारी पनि गराउनु भयो । वहाँले
माता जानकीले तपाईंहरुलाई यो बज्रपात सहन गर्ने शक्ति देओस् भनी कामना गर्नु भयो ।

May be an image of text