राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिग्गज अतिथिहरुले गरे जलेश्वरनाथको पुजा – Jaleshwortoday

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिग्गज अतिथिहरुले गरे जलेश्वरनाथको पुजा

 October 17, 2023  

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३० असोज

mmmm

महोत्तरीको जलेश्वर नगरपालिकामा अवस्थित जलेश्वरनाथको पुजा तथा दर्शन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिग्गज अतिथिहरुले गरेका छन् । भारतको दिल्ली विश्वविद्यालयको प्राध्यापक डा.रंजित कुमार सिंह,पूर्व नेशनल मेडिकल कमिसनको राष्ट्रिय अध्यक्ष डा.सहजा नन्दन प्रसाद,भाजपा नेता डा.दिपक ठाकुर,रेल्वे सुपरिटेन्डेन्ट बिपि सिंह,जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव,पूर्व कृषि मन्त्री हरि नारायण यादव,मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साह,साँसद रामअषिश यादव,नगर उपप्रमुख रोशन खातुन लगायत दर्जनौ राजनीतिज्ञहरुले बाबा जलेश्वरनाथ महादेवको विशेष पुजाआजा गरी दर्शन गरेका थिए ।

bbb

जलेश्वर नगरपालिकाको नगर प्रमुख सुरेश साह सोनारले अतिथिहरुले यस क्षेत्रको पोखरी,बजार तथा माता दुर्गाको मन्दिरहरुको अवलोकन तथा दर्शन गर्नूका साथै यहाँको प्रसिद्ध झिझियाँ नृत्य समेत अवलोकन गरेको बताउनु भयो । अतिथिहरुलाई नगर प्रमुख सोनारले माला तथा गमछाले स्वागत गरेका थिए ।

mmm

अतिथिहरुले बाबा जलेश्वरनाथको मन्दिरको प्रांगनमा बसी यहाँको सौन्दर्यताको अवलोकन गरेका थिए । अतिथिहरु तथा जसपाका नेता तथा कार्यकर्ताहरुले वडा दशैको शुभकामना आदान प्रदान गरेका थिए ।

393466594_804826858317873_1328262149796453315_n