जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ८ मंसिर
माँ संतोषी पुजाको अवसरमा जलेश्वर नगरपालिका वडा नं.—४ सुगाभवानीपट्टीमा शान्ति कलश यात्रा निकालिएको छ । सो शान्ति कलश यात्रा माँ संतोषीको मन्दिरबाट शुरु भई गाउँको विभिन्न टोलमा पुगेर परिक्रमा गरेको थियो । सो यात्रामा साँसद रानी शर्मा तिवारी,पूर्व राज्यमन्त्री अभिराम शर्मा,पूर्व मेयर शंकर साही,वडाध्यक्ष हरिश्चन्द्र महतो,समाजसेवी रामआधार कापर,शम्भु ठाकुृर लगायत स्थानिय जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो । जय माँ संतोषी पुजा समितिको अध्यक्ष रंजित महतो अध्यक्षतामा सो यात्रा निकालिएको थियो ।
