वीरगञ्जको नेतृत्वका लागि ईन्जिनियर गुप्तालाई अघि बढ्न आग्रह – Jaleshwortoday

वीरगञ्जको नेतृत्वका लागि ईन्जिनियर गुप्तालाई अघि बढ्न आग्रह

 September 28, 2026  
4

 

वीरगञ्ज, ११ असोज

वीरगञ्ज महानगरपालिकाको आगामी नेतृत्वका विषयमा बहस सुरु भइरहेका बेला विकास व्यवस्थापन, वातावरण तथा प्राविधिक क्षेत्रमा काम गरेको अनुभव भएका इन्जिनियर मनोजकुमार गुप्ताको नाम पनि चर्चामा आएको छ ।
वीरगञ्जका बौद्धिक, प्राविधिक तथा विभिन्न पेशागत क्षेत्रका व्यक्तिले गुप्तालाई महानगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिन आग्रह गरेका छन् । उनीहरूले वीरगञ्जको आर्थिक तथा औद्योगिक सम्भावनालाई योजनाबद्ध विकासमा रूपान्तरण गर्न, लामो समयदेखि देखिँदै आएका सहरी समस्या समाधान गर्न तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन विकास व्यवस्थापन र प्राविधिक क्षेत्रको अनुभव भएका व्यक्तिको आवश्यकता रहेको बताएका छन् ।
गुप्तालाई नगर प्रमुखका रूपमा अघि बढ्न आग्रह गर्नुको मुख्य आधार उहाँको विकास व्यवस्थापन, वातावरण, नवीकरणीय ऊर्जा, परियोजना सञ्चालन तथा अन्तर्राष्ट्रिय विकास साझेदारसँगको सहकार्यको अनुभव रहेको उनीहरूको भनाइ छ ।
वीरगञ्जको मुख्य सडक, ढल, डुबान, फोहोर व्यवस्थापन, पार्किङ, यातायात, वातावरण, स्वास्थ्य, शिक्षा तथा सार्वजनिक सेवा प्रवाहका समस्या समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको गुप्ताको धारणा छ । उहाँले महानगरको विकासलाई सडक तथा भौतिक संरचना निर्माणमा मात्र सीमित नगरी नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिनुपर्ने बताउनुभएको छ ।
राजनीतिक दलभन्दा विकासको बहस
नेपाली कांग्रेस निकट श्याम पोखरेलले गुप्ताले राजनीतिक दलभन्दा आफ्नो कामलाई प्राथमिकता दिएको आफूले पाएको बताउँदै उहाँजस्ता व्यक्तिबाट वीरगञ्जको विकासका विषयमा फरक ढङ्गको बहस सुरु हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।
समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले गुप्ता गरिबी निवारण कोषको परियोजना प्रमुखका रूपमा पर्सामा कार्यरत रहँदा न्यून आय भएका नागरिकको जीवनस्तर सुधारका क्षेत्रमा काम गरेको स्मरण गर्नुभयो ।उहाँका अनुसार गुप्ताले जगरनाथपुर क्षेत्रमा स्थानीय स्रोतको प्रयोगबाट ग्यासिफायर प्लान्ट सञ्चालन गरी वैकल्पिक ऊर्जासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुभएको थियो । स्थानीय स्रोत र प्रविधिको प्रयोगबाट रोजगारी सिर्जना गर्ने प्रयासमा उहाँको भूमिका रहेको यादवको भनाइ छ ।
नेकपा एमालेका नेता ज्वाला साहले गुप्ताले गोबरबाट बायोग्यास, खेर जाने कृषि तथा औद्योगिक सामग्रीको प्रयोगबाट बायो–पेन्ट, हस्क पेलेट तथा सेतो पथ्थरजस्ता उत्पादनसँग सम्बन्धित उद्योग सञ्चालनको प्रयास गरेको बताउनुभयो ।स्थानीय स्रोत, सीप र प्रविधिमा आधारित साना उद्योगमार्फत रोजगारी सिर्जना गर्ने सोचलाई महानगरको विकाससँग जोड्न सकिने उहाँको भनाइ छ ।
पत्रकार छट्ठु साहले गुप्ता पर्सामा कार्यक्रम प्रमुखका रूपमा कार्यरत रहँदा समुदाय परिचालनका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गरेको स्मरण गर्नुभयो ।उहाँका अनुसार समुदायबाट हुने औपचारिक स्वागत कार्यक्रममा फूलमाला लगाउने परम्पराको सट्टा राष्ट्रिय गानबाट स्वागत गर्ने अभ्यासलाई प्रोत्साहन गरिएको थियो । स्थानीय समुदायलाई बर–पीपलका बिरुवा रोप्न प्रोत्साहित गर्ने तथा विपन्न र सर्पदंशबाट प्रभावित परिवारलाई रोजगारीमूलक गतिविधिमा जोड्ने कार्यक्रम सञ्चालनमा समेत गुप्ताको भूमिका रहेको साहले बताउनुभयो ।
सहरी समस्यालाई प्राथमिकतामा राख्ने धारणा
गुप्ताले वीरगञ्ज नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक केन्द्र भए पनि सहरी व्यवस्थापनका आधारभूत विषय अझै चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
उहाँका अनुसार सडक, ढल, वर्षायामको डुबान, फोहोर व्यवस्थापन, पार्किङ तथा यातायात, वातावरण संरक्षण, सार्वजनिक स्वास्थ्य, शिक्षा र सेवा प्रवाहमा सुधार आवश्यक छ ।
वीरगञ्जसँग व्यापार, उद्योग, रोजगारी, युवा जनशक्ति र भौगोलिक अवस्थिति जस्ता पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले त्यसको प्रत्यक्ष लाभ नागरिकको जीवनस्तरमा देखिनुपर्ने बताउनुभएको छ ।
महानगरको विकासलाई ठूला भवन, सडक र अन्य भौतिक संरचना निर्माणमा मात्र सीमित गर्न नहुने उहाँको भनाइ छ । सफा सडक, व्यवस्थित फोहोर व्यवस्थापन, स्वच्छ वातावरण, सहज सार्वजनिक सेवा, गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, सुरक्षित सार्वजनिक स्थान र रोजगारीका अवसर पनि विकासका महत्वपूर्ण सूचक भएको उहाँले बताउनुभएको छ ।
नगर प्रमुखको पदलाई व्यक्तिगत प्रतिष्ठाभन्दा सार्वजनिक जिम्मेवारीका रूपमा लिनुपर्ने गुप्ताको धारणा छ । उपलब्ध स्रोतको सही उपयोग, प्राथमिकता निर्धारण, नागरिकसँग प्रत्यक्ष संवाद, समयसीमासहितको कार्ययोजना र त्यसको परिणामबारे सार्वजनिक जवाफदेहिता स्थानीय नेतृत्वको आधार बन्नुपर्ने उहाँले बताउनुभएको छ ।
फोहोर व्यवस्थापनमा प्रणाली परिवर्तनको प्रस्ताव
गुप्ताले वीरगञ्जको फोहोर व्यवस्थापनलाई नियमित सरसफाइ अभियानमा मात्र सीमित नगरी फोहोर सङ्कलनदेखि वर्गीकरण, पुनःप्रयोग र प्रशोधनसम्मको एकीकृत प्रणाली आवश्यक रहेको बताउनुभएको छ ।
त्यसका लागि घर तथा व्यवसायबाटै फोहोर वर्गीकरण गर्ने, पुनःप्रयोग गर्न सकिने सामग्री छुट्याउने र जैविक फोहोरबाट उपयोगी वस्तु उत्पादन गर्न सकिने प्रणाली विकास गर्नुपर्ने उहाँको प्रस्ताव छ ।
वर्षायाममा दोहोरिने डुबानको समस्या समाधान गर्न सडक र ढल निर्माणलाई छुट्टाछुट्टै योजनाका रूपमा अघि बढाउनुको सट्टा समग्र जलनिकास प्रणालीको अध्ययन गरी दीर्घकालीन पूर्वाधार योजना बनाउनुपर्ने उहाँको भनाइ छ ।
पार्किङ र यातायात व्यवस्थापन, सार्वजनिक स्थानको संरक्षण तथा अव्यवस्थित सहरीकरण नियन्त्रणलाई पनि महानगरको दीर्घकालीन योजनामा समेट्नुपर्ने उहाँले बताउनुभएको छ ।
उद्योग र रोजगारीमा जोड
वीरगञ्जको औद्योगिक तथा व्यापारिक पहिचानलाई स्थानीय रोजगारी र आर्थिक विकाससँग जोड्नुपर्ने गुप्ताको धारणा छ ।
उद्योग तथा व्यवसाय सञ्चालनका लागि आवश्यक पूर्वाधार र महानगरबाट उपलब्ध हुने सेवामा सुधार, स्थानीय उद्यमशीलता प्रवद्र्धन, स्टार्टअप, सीप विकास तथा सार्वजनिक–निजी साझेदारीमार्फत रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उहाँले बताउनुभएको छ ।
युवाले रोजगारीका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्न स्थानीय उत्पादन, उद्यम र सीपलाई बजारसँग जोड्नुपर्ने उहाँको प्रस्ताव छ ।
महानगरले निजी क्षेत्रसँग सहकार्य गरेर लगानीका क्षेत्र पहिचान गर्न, स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउन तथा नयाँ उद्यम सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न सक्ने उहाँको धारणा छ ।
स्वास्थ्य र शिक्षालाई सहरी विकाससँग जोड्ने
गुप्ताले वीरगञ्जको विकासलाई सडक, पुल तथा भवन निर्माणमा मात्र सीमित गर्न नहुने बताउनुभएको छ ।
गुणस्तरीय शिक्षा, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार, सहज स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षणलाई सहरी विकासका आधारका रूपमा लिनुपर्ने उहाँको धारणा छ ।
महिला र युवाको सुरक्षित तथा सम्मानजनक सार्वजनिक सहभागिताका लागि आवश्यक वातावरण निर्माण तथा युवाले आफ्नै सहरमा सम्भावना देख्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने उहाँले बताउनुभएको छ ।
सार्वजनिक सेवा डिजिटल बनाउने प्रस्ताव
महानगरबाट सेवा लिँदा नागरिकले अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न सार्वजनिक सेवामा डिजिटल प्रणाली विस्तार गर्नुपर्ने गुप्ताको प्रस्ताव छ ।
आवेदनको अवस्था, सेवा प्राप्त गर्ने प्रक्रिया र लाग्ने समयबारे नागरिकले अनलाइनबाट जानकारी लिन सक्ने प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ छ ।
महानगरका योजना, बजेट तथा खर्चको सार्वजनिक अनुगमन गर्न सकिने प्रणाली विकास गरी जनप्रतिनिधि र कर्मचारीलाई सेवाग्राहीप्रति थप उत्तरदायी बनाउनुपर्ने उहाँले बताउनुभएको छ ।
१७वर्षभन्दा बढी विकास क्षेत्रमा काम गरेको अनुभव
गुप्ताले विश्व बैंक तथा संयुक्त राष्ट्र संघसम्बद्ध पहलसहित अन्तर्राष्ट्रिय विकास संस्थामा १७ वर्षभन्दा बढी काम गरेको बताइएको छ ।
परियोजना व्यवस्थापन, सरोकारवालासँगको समन्वय, नीतिगत संवाद तथा अन्तर्राष्ट्रिय सहकार्य उहाँको अनुभवका प्रमुख क्षेत्र रहेको बताइएको छ ।
उहाँले रुस, भारत र बेलायतका कूटनीतिक नियोगसँग व्यावसायिक, सांस्कृतिक तथा प्राविधिक क्षेत्रमा समन्वय गर्दै विज्ञान तथा प्रविधि, लगानी प्रवद्र्धन, जलवायु परिवर्तन तथा विकास सहकार्यसम्बन्धी विषयमा काम गरेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन, प्राविधिक मञ्च, विद्यार्थी फोरम तथा द्विपक्षीय र बहुपक्षीय विकास साझेदारसँगको समन्वयमा समेत काम गरेको उहाँको भनाइ छ ।
वातावरण र हरित प्रविधिमा संलग्नता
गुप्ताको व्यावसायिक पृष्ठभूमि वातावरण र हरित प्रविधिसँग समेत जोडिएको छ ।
उहाँले हस्क पावर नेपाल प्रालि स्थापना गरी स्वच्छ चुलो, ग्यासिफायर चुलो, औद्योगिक तथा व्यावसायिक चुलो, बायो–पेन्ट तथा हस्क पेलेटलगायतका उत्पादनको क्षेत्रमा काम गरेको विवरण सार्वजनिक गर्नुभएको छ ।
वीरगञ्ज औद्योगिक सहर भएकाले उद्योग विस्तारसँगै वातावरणीय सन्तुलन, फोहोर व्यवस्थापन, हरियाली तथा स्वच्छ ऊर्जा प्रवद्र्धनलाई महानगरको विकास योजनासँग जोड्नुपर्ने उहाँको धारणा छ ।
युक्रेनमा अध्ययन
गुप्ताले युक्रेनबाट ब्उउष्भिम भ्अययिनथ विषयमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन गरेको विवरण उहाँको परिचयमा उल्लेख छ ।
सन् १९९९ मा युक्रेनस्थित इमभककब ज्थमचयmभतभयचययिनष्अब िक्ष्लकतष्तगतभ मा विद्यावारिधि अध्ययन पूरा गरेको तथा सन् २०१० मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत हाइड्रोलोजी तथा मेटेरोलोजी विभागबाट नवीकरणीय ऊर्जासम्बन्धी विद्यावारिधि छात्रवृत्ति प्राप्त गरेको उहाँले बताउनुभएको छ ।
उहाँको शैक्षिक तथा व्यावसायिक पृष्ठभूमि वातावरण, जलवायु, ऊर्जा र विकास व्यवस्थापनसँग सम्बन्धित रहेको देखिन्छ ।
सम्मान तथा पुरस्कार
गुप्ताले विभिन्न शैक्षिक तथा व्यावसायिक सम्मान प्राप्त गरेको विवरणसमेत सार्वजनिक गरिएको छ ।
उहाँका अनुसार विसं २०५९ मा महेन्द्र विद्याभूषण …गÚ स्वर्ण पदक तथा विसं २०६२ मा नेपाल विद्याभूषण …खÚ स्वर्ण पदक प्राप्त गर्नुभएको थियो ।
स्वच्छ चुलोको विकास तथा प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै वन तथा वातावरण मन्त्रालयबाट विसं २०७६ मा जलवायु परिवर्तन व्यवस्थापन पुरस्कार प्राप्त गरेको उहाँको दाबी छ ।
त्यसैगरी सन् २०१६ मा क्ष्ऋक्ष्ःइम् को स्वच्छ चुलो डिजाइन प्रतियोगितामा विजेता तथा सन् २०१४ मा विश्व बैंकसमर्थित गरिबी निवारण कोष कार्यक्रमअन्तर्गत उत्कृष्ट पोर्टफोलियो व्यवस्थापक पुरस्कार प्राप्त गरेको विवरण उहाँले दिनुभएको छ ।
पहिलो सय दिनदेखि पाँच वर्षसम्मको कार्ययोजना
गुप्ताले स्थानीय राजनीतिक बहसलाई व्यक्ति केन्द्रित प्रचारभन्दा वीरगञ्जको विकास योजनामा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
निर्वाचित हुने नगर प्रमुखले पहिलो सय दिन, पहिलो वर्ष र पाँच वर्षमा गर्ने कामको प्राथमिकता नागरिकसमक्ष स्पष्ट रूपमा राख्नुपर्ने उहाँको धारणा छ ।
महानगरको आन्तरिक आम्दानी कसरी बढाउने, खर्चलाई कसरी पारदर्शी बनाउने, फोहोर, डुबान, सडक, ढल र यातायातका समस्या कुन क्रममा समाधान गर्ने, उद्योग तथा रोजगारी कसरी विस्तार गर्ने र नागरिकलाई सार्वजनिक सेवा कसरी सहज बनाउने भन्ने विषयमा समयसीमासहितको कार्ययोजना आवश्यक रहेको उहाँले बताउनुभएको छ ।
…मेयर बन्नेभन्दा जिम्मेवारी लिन चाहन्छु 
गुप्ताले नगर प्रमुखको पदलाई व्यक्तिगत प्रतिष्ठा वा राजनीतिक परिचय बनाउने माध्यमका रूपमा नभई सार्वजनिक जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनुभएको छ ।
महानगरका समस्या जटिल भएकाले …सबै कुरा म एक्लैले परिवर्तन गरिदिन्छुÚ भन्नेभन्दा राजनीतिक तथा प्रशासनिक तहबीच समन्वय, स्पष्ट योजना र निरन्तर कार्यान्वयन आवश्यक रहेको उहाँको भनाइ छ ।
आफ्नो दृष्टिकोण र क्षमता नागरिकसमक्ष राखेर अन्तिम निर्णय जनतामै छाड्ने उहाँले बताउनुभएको छ ।
वीरगञ्जका बौद्धिक, प्राविधिक तथा पेशागत क्षेत्रबाट आएको आग्रहसँगै गुप्ताको सम्भावित उम्मेदवारीले सहरी पूर्वाधार, वातावरण, विकास व्यवस्थापन, उद्योग–रोजगारी तथा सार्वजनिक सेवा प्रवाहका विषयलाई स्थानीय राजनीतिक बहसमा ल्याएको छ ।
यद्यपि गुप्ताको नगर प्रमुख पदमा उम्मेदवारीको औपचारिक घोषणा, राजनीतिक सहकार्य र निर्वाचनमा सहभागी हुने अन्तिम निर्णय भने स्पष्ट भइसकेको छैन । आगामी राजनीतिक प्रक्रियाबाट त्यसको स्वरूप तय हुने बताइएको छ ।