जलेश्वरटुडे समाचारदाता
धनुषा, ३ माघ
धनुषाको ढल्केबरमा शिवगुरु महोत्सव समपन्न भएको छ । मिथिला नगरपालिका वडा नं.—६ ढल्केबरमा माघ ६ गते शनिवार दिनको १० बजेदेखि शुरु भएको महोत्सव बेलुकी ४ ः३० बजे समपन्न भएको संयोजक रामकुमार महतोले बताए । प्रत्येक ५ वर्षमा ढल्केबरमा आयोजना हुने शिवगुरु महोत्सव यस वर्ष भव्यताका साथ मनाइएको वहाँले बताउनुभयो । सो कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाहरुका शिव शिष्य तथा शिष्याहरुको उपस्थिति रहेको थियो । बक्ताहरुले शिव नै गुरु हो त्यसैले शिव शिष्य बन्न आग्रह गरेका थिए ।
