आधुनिक मगही भाषा शब्दकोषको लोकापर्ण – Jaleshwortoday

आधुनिक मगही भाषा शब्दकोषको लोकापर्ण

 June 17, 2024  
448370781_3617181888595251_4717344430004852354_n

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३ आषाढ

आज जनकपुरधामको गायत्रीकुञ्जमा आयोजित एक कार्यक्रम वीच आधुनिक मगही भाषा शब्दकोषको लोकापर्ण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा वर्तमान मधेस प्रदेश सरकारको अर्थमन्त्री भरत प्रसाद साहले सो किताबको बिमोचन गर्नु भएको थियो । कार्यक्रममा अन्तरराष्ट्रिय मगही संगठनको अध्यक्ष डा.वीर बहादुर महतो,प्राध्यापक कीरण साह लगायत दर्जनौ व्यक्तीत्वहरुको उपस्थितिमा मगही शब्दकोष किताबको लोकापर्ण गरिएको थियो । सो शब्दकोषको लेखक तथा प्रकाशक भुबनेश्वर महतो कोइरीले यस किताबभित्र नेपाली तथा अंग्रेजी शब्दहरुको समेत प्रयोग गरिएकोले यो शब्दकोष नेपाल मात्रको लागि मात्र उपयोगी नभई अन्तरराष्ट्रिय दृष्टिकोणले समेत उपयोगी हुने बताउनु भयो । सामाजिक संस्था आशमान नेपालले समेत यस किताबको प्रकाशन तथा अन्य व्यवस्थापनमा सहयोग गरेकोले सो संस्था प्रति आभार प्रकट गर्नुभयो ।