जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ८ आषाढ
शनिवार ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्र जनकपुरधाममा आयोजित स्वस्थ र सुखी समाजको लागि आध्यामिता—मिडियाको भूमिका कार्यक्रमको सम्बोधन गर्दै सत्य र तथ्य बुझ्नको लागि ब्रोड माइण्ड जरुरी भएकोले ब्रोड माइण्डको लागि राजयोग आवश्यक रहेको मधेस प्रदेश साँसद तथा कार्यक्रमको प्रमुख अतिथि रामअशिष यादवले बताउनु भएको छ । वहाँले बह्मकुमारी राजयोग प्रशिक्षण केन्द्र जनकपुरधामको संचालक गंगा मातालाई स्मरण गर्दै विश्वमा १४५ वटा राष्ट्रमा ब्रह्मकुमारी सेवा केन्द्र रहेको बताउनुभयो । वहाँले सन १९३६ मा ओम शान्ति केन्द्रको पहिलो पटक स्थापना भएको समेत जानकारी गराउनुभयो । वहाँले अष्टाबक्र तथा राजा जनकको प्रसंग राखेर राजयोगको आवश्यकता बारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा मधेस प्रदेशका सबै पत्रकारहरुलाई सहभागि हुन आमन्त्रणा गरिए पनि महोत्तरी,धनुषा तथा सर्लाही जिल्लाका पत्रकारहरु उपस्थित रहेका थिए । कार्यक्रमको शुरुवातमै खास गरी उपस्थित विभिन्न सञ्चारमाध्यमका महिला तथा पुरुष पत्रकारहरुलाई रुद्राक्षको माला,गुलजस्ता तथा सौल ओढाई ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्रले सम्मान गरेका थिए । त्यसैगरी कार्यक्रमको शुरुवात पानसमा राखिएको दिपलाई प्रमुख अतिथि,विशिष्ट अतिथि,भारतबाट पाल्नु भएका मिडिया काउन्सिलका निर्देशक तथा विशिष्ट सञ्चारकर्मीहरुको संयुक्त सहभागितमा प्रज्जवलन गरिएको थियो । बह्मकुमारी सेवा केन्द्र माउन्ट आबुको मिडिया समुहको निर्देशक डा. सन्तनुले उपस्थित पत्रकारहरुलाई नकारात्मक समाचार मात्र होइन की अब आध्यात्मिक सामाचारलाई प्राथमितकता दिनुपर्ने बताउनुभयो । साथै सेप्टेम्बर २६ देखि ३० तारिखसम्म माउन्ट आबुमा चल्ने पत्रकारहरुको तालिम तथा अन्तरक्रिया कार्यक्रममा भाग लिन सबैलाई आग्रह समेत गर्नुभयो । यो कार्यक्रम वर्षमा २ पटक हुने गरेको जानकारी समेत गराउनुभयो । यसरी यो मिडिया सेन्टरको सन १९८० मा स्थापना भएको समेत बताउनुभयो । त्यसैगरी श्रीमद एक्प्रेसको सम्पादक डा.रामदयाल मित्तलले समेत पत्रकारहरु कुनै पनि देशको चौथो अंग भएकोले आध्यामिक समाजको निर्माणमा पत्रकारहरुको अहम भूमिका रहेको बताउनुभयो । त्यसैगरी बक्ताहरुमा मधेस प्रदेश पत्रकार महासंघको अध्यक्ष राजेश कर्ण,आमसञ्चार प्राधिकरणको अध्यक्ष श्याम सुन्दर यादव,मिडिया काउन्सिलको कार्यवाहक अध्यक्ष कैलास दास,सर्लाही नेपाल प्रेस युनियनको अध्यक्ष कृष्ण थपलियाले अहिले आवश्यकता आध्यात्मिक पत्रकारीताको आवश्यकता रहेको बताउनुभयो । यस सम्बन्धमा आमसञ्चार प्राधिकरणलाई आग्रह गर्दै अध्यक्ष दासले कुनै पनि पत्रकारको तालिम आध्यात्मिक पत्रकारीताको बारेमा समेत तालिम दिइनुपर्ने बताउनु भयो । त्यसैगरी मिडिया काउन्सिल दिल्लीको संयोजक सुनिता दिदीले समेत अहिले भयरहित शान्त समाज निर्माणको लागि आध्यात्मिक पत्रकारीता आवश्यकता रहेको बताउनुभयो । अन्त्यमा ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्र जनकपुरधामको वर्तमान संचालिका सृजना दिदीले उपस्थित सबैप्रति आभार व्यक्त गर्दै आध्यात्मिक पत्रकारीताको क्षेत्रमा कलम चलाई दिन सबैलाई आग्रह गर्नुभयो । अन्त्यमा अन्तरक्रिया कार्यक्रमको माध्यमबाट सहभागिहरुको प्रश्नहरुको जवाफ दिइएको थियो । कार्यक्रम संचालन तथा उद्घोष जगदिश भाईजीले गर्नु भएको थियो ।
