मधेशी आयोगको छैठौं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश – Jaleshwortoday

मधेशी आयोगको छैठौं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

 August 14, 2024  
3

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ३० श्रावण

–          आरक्षणको नीति परिमार्जन गर्न सिफारिस,

–          धार्मिक द्वन्द छानविनको लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सिफारिस,

–          सखडेश्वरी भगवतीलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न सिफारिस,

–         मधेश दिवस को तिथि प्रस्ताव.

मधेशी आयोगको छैठौं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिएको छ |

राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोह बीच आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आर्थिक वर्ष २०८०/८१ मा आयोग द्वारा सम्पादित कार्य र सिफारिस सहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका हुन्  |

सो प्रतिवदन मार्फत आयोगले हाल रहेको आरक्षणको नीति लाई परिमार्जन गर्न सिफारिस गरको छ | आयोगले राज्यको मूलप्रवाहमा ल्याउन मधेशी समुदायका पछाडी परेका जातजाति र वर्गको घरदैलो सर्वेक्षण गराई जातजातिको लागि ६० प्रतिशत र वर्गको लागि ४०% वर्गीकरण गरी आरक्षणको नीति परिमार्जन गर्नको लागि राज्यलाई आवश्यक प्रक्रिया अगाडी बढाउन सिफारिस गरेको छ |

आयोगले सप्तरीमा रहेको सखडेश्वरी भगवती लाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न समेत सिफारिस गरेको छ | आयोगले आफ्नो प्रतिवेदन मार्फत ०६३/६४ पछि भएका धार्मिक द्वन्दहरुको सत्यतथ्य पता लगाउन यथाशिघ्र उच्चस्तरीय न्यायिक आयोगको गठन गर्न राज्यलाई सिफारिस गरेको छ | आयोगले मधेश दिवस मनाउन तिथिहरु समेतको प्रस्ताव अगाडी सारेको छ |

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले यस प्रतिवेदन मार्फत सरकारलाई ४४ वटा विषयमा महत्वपूर्ण सिफारिस गरेको बताएका छन् | अध्यक्ष डा.दत्तले आयोगमा गत आर्थिक वर्षमा आयोगमा दर्ता भएका उजुरीहरु उपर आयोगले तुरुन्त कारवाहीको लागि प्रक्रिया अगाडी बढाएको समेत जानकारी दिएका छन् |