मित्र राष्ट्र भारत आज ७२ औं गणतन्त्र दिवस मनाउँदै – Jaleshwortoday

मित्र राष्ट्र भारत आज ७२ औं गणतन्त्र दिवस मनाउँदै

 January 26, 2021  
Republic Day

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १२ माघ

मित्र राष्ट्र भारत आज २६ जनवरी २०२१ ई.सं.का दिन प्रत्येक वर्ष झै ७२ औं गणतन्त्र दिवस मनाउँदै छ ।

May be an image of text that says 'On the occasion of 72nd Republic Day of India,we would like to congratulate and share our best wishes HAPPY REPUBLIC DAY 26t JALESHWOR TODAY DAILY NEWSPAPER & ONLINE .............. PUBLISHER & CHIEF EDITOR LR. PAVAN KR. SAH'

सो अवसरमा भारत लगायत विश्व भरी छरिएर रहेका विभिन्न भारतीय वाणिज्य दूतावास तथा दूतावासहरुमा समेत झण्डा फहराउनुका साथै अतिथि सत्कार तथा साँस्कृतिक कार्यक्रम लगायत अन्य विभिन्न कार्यक्रमहरु गर्ने स्रोतले बताएका छन् । सोही अवसरमा प्रदेश नं. २ मा समेत विरगञ्ज महावाणिज्य दूतावासले क्लार्कस रिसर्टमा आफ्ना कार्यक्रम गर्ने दूतावास पदाधिकारी चन्दन श्रीवास्तवले जानकारी गराउनुभयो । यस कार्यक्रममा प्रदेश नं. २ का ८ वटै जिल्लाहरुबाट विशिष्ट व्यक्तित्वहरुलाई समेत आमन्त्रित गरिने जनाएका छन्् । साँझ ५ देखि ७ ः ३० सम्म साँस्कृतिक कार्यक्रमको आयोजना गरिने बताइएको छ । यस अवसरमा अहिले भारत सरकारलाई विभिन्न छिमेकी देशहरुबाट बधाई तथा शुभकामनाको ओइरो लागेको स्रोतबाट बुझिएको छ ।