रतौली युवा क्लबद्वारा रेडियो अप्पन मिथिला सम्मानित – Jaleshwortoday

रतौली युवा क्लबद्वारा रेडियो अप्पन मिथिला सम्मानित

 October 21, 2024  
1

जलेश्वरटुडे समाचारदाता
जलेश्वर, ५ कार्तिक

रतौली युवा क्लब महोत्तरीको आयोजनामा जलेश्वरको अग्रवाल पार्टी प्यालेशमा क्लबको ३३ औं साधारण सभा तथा समाजिक लेखा परिक्षण कार्यक्रममा मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले रेडियो अप्पन मिथिलाको स्टेशन मेनेजर मो.ईर्शाद शेखलाई प्रशंसा पत्र प्रदान गरि सम्मान गर्नु भएको छ ।
महोत्तरी जिल्लाको गैर सरकारी संस्था रतौली युवा क्लब (RYC) द्वारा संचालित सामाजिक बिकास तथा समुन्नत समाज निर्माण अभियानहरु रेडियो अप्पन मिथिला द्वारा निरन्तर रुपमा समन्वय,सहयोग, सल्लाह तथा सुझाव प्राप्त भइरहेकोले संस्थाको साधारण सभामा सञ्चारकर्मी शेखलाई सम्मानित गरिएको थियो ।