नेपाल सदभावना पार्टीको सातौ राष्ट्रिय महाधिवेशनको खुल्ला सत्र समपन्न – Jaleshwortoday

नेपाल सदभावना पार्टीको सातौ राष्ट्रिय महाधिवेशनको खुल्ला सत्र समपन्न

 November 16, 2024  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १ मंसिर
नेपाल सदभावना पार्टीको सातौ राष्ट्रिय महाधिवेशन शनिबारदेखि जनकपुरधाममा सुरु भएको छ ।
महेन्द्र नारायण निधि,मिथिला संस्कृति केन्द्रमा एक समारोहका बिच विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले सन्युक्त रुपमा महाधिवेशनको उद्घाटन गरेपछि तीन दिने महाधिवेशन सुरु भएको हो ।
पार्टीका कार्यकारिणी समितिका कार्यबाहक अध्यक्ष फुलप्रास देवीको अध्य्क्षतामा भएको उदघाट्न समारोहमा वक्ताहरूले मधेशिको अधिकार दिन ठुला दलहरु अझै इमानदारि नदेखाएको आरोप लगाए।
मधेश केन्द्रित दलबिच तालमेल र सहकार्य नहुदा ठुला दलहरूले फाइदा उठाएको आरोप उनीहरुको थियो ।
उदघाटन समारोहमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेश चन्द्र लाल, संघीय समाजबादी पार्टी नेपालका अध्यक्ष रिजबान अन्सारी, नेकपा एसका नेता शितल झा, इतिहासिक जनता पार्टीका अध्यक्ष बद्री नारायण ठाकुर,स्वाधिन मधेस जनभियानका अध्यक्ष कैलाश महतो, नेपाल सदभावना पार्टीका निबर्तमान अध्यक्ष कविता कुमारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पार्टीका महासचिव पवनकुमार साहले उद्घोषण गरेको उद्घाटन समारोहमा रामकुमार महतोले स्वागत मन्तव्य राखेका थिए ।
मंसिर ३ गतेसम्म चल्ने महाधिवेशनमा विभिन्न जिल्लाका दुई सय प्रतिनिधिहरु सहभागी छन ।