आरजे इर्शाद शेख
महोत्तरी, १२ फागुन
एकडारा गाउपालिकामा ५ गेना बथनाहामा पालिका द्वारा संचालित तथा द जनकपुर लायन्स युथ क्लब द्वारा आयोजित मेयर कप टि २० क्रीकेट प्रतियोगिताको उद्घाटन समारोह भब्यताका साथ सम्पन्न भएको छ ।
उद्घाटन समारोहमा एकडारा गाउँपालिका अन्तरगतका ६ ओटै वाडाका टिम लाई सहभागी गराइएको छ । टिमका खेलाडीहरुलाई खेल ड्रेस, जुता तथा ब्याट ग्लोब्स विकेट लगायत खेलका सम्पुर्ण सामग्री पालिका अध्यक्ष दिप नारायण मन्डल, उपाध्यक्ष माहजबि खातुन, प्रशासकीय अधिकृत योगेश यादव समेतको उपस्थितिमा बितरण गरिएको थियो । यस प्रतियोगितामा कुल १२ ओटा खेल खेलिने छ । आज वाडा नम्बर ४ हलखोरी र वाडा नम्बर ५ बहेडा बथनाहा बिच भएको खेलमा हलखोरि ३ रनले बिजयी भएको छ ।
पालिका अध्यक्ष मण्डलले पालिका स्तरीय खेलमा पालिका भित्र रहेका प्रतिभाशाली खेलाडिलाई छनौट गरि अगाडि बढाउने उदेश्यले खेल संचालन गरेका छौ भनी बताउनुभयो ।

