मो.इर्शाद
महोत्तरी, २८ फागुन

जलेश्वर नगरपालिकाको वडा नं. १ मा अवस्थित कन्या माध्यमिक विद्यालयमा बिहीबारका दिन जलेश्वर नगरपालिकाद्वारा आयोजना गरिएको नगर स्तरीय ‘मेयर कप सामान्य ज्ञान प्रतियोगिता २०८२/०८३’ भव्यतापूर्वक समपन्न भएको छ। सामुदायिक तथा संस्थागत विद्यालयहरूको सक्रिय सहभागिता रहेको प्रतियोगिता आधारभूत तथा माध्यमिक गरी दुई तहमा सम्पन्न भएको हो।
आधारभूत तहको दोस्रो तथा अन्तिम चरण २०८२ माघ २६ गते श्री म.आ.म.मा.वि., जलेश्वर–१ को प्राङ्गणमा सम्पन्न भयो। कुल १० विद्यालयको सहभागिता रहेको यस तहमा प्रथमः सिम्बायोसिस इन्टरनेशनल एकेडेमी, जलेश्वर–२, द्वितीयः श्री राष्ट्रिय आधारभूत विद्यालय, खैरा र
तृतीयः श्री अभिनन्दन आधारभूत विद्यालय, सारी भएका थिए ।

माध्यमिक तहको प्रतिस्पर्धा १२ वटा विद्यालयहरु बीच
माध्यमिक तहको अन्तिम चरण २०८२ माघ २८ गते सोही स्थानमा समपन्न भएको थियो । सामुदायिक तथा संस्थागत गरी १२ वटा विद्यालयहरु सहभागी रहेको यस तहमा जलेश्वर–१ स्थित कन्या माध्यमिक विद्यालयमा आज सम्पन्न प्रतियोगिता प्रतिस्पर्धात्मक तथा आकर्षक परिवेशमा सम्पन्न भएको आयोजकले जनाएको छ । सो प्रतियोगितामा प्रथमः साउथ एशियन क्याम्ब्रिज ई.बो.से. स्कूल, जलेश्वर–१, द्वितीयः श्री ल.च. मु.मा.वि., जलेश्वर–२ र तृतीयः शिशु ज्ञान निकुञ्ज ई.बो. स्कूल, जलेश्वर–१ स्थान ल्याउन सफल भएको थियो ।
जलेश्वर नगरपालिकाले पहिलो पटक नगरस्तरमै आयोजना गरेको यस प्रतियोगिताले विद्यार्थीहरूको सामान्य ज्ञान, प्रतिस्पर्धात्मक भावना, प्रस्तुती क्षमता तथा आत्मविश्वास अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याएको आयोजक समितिको निष्कर्ष रहेको थियो । कार्यक्रमको संयोजक रञ्जित कुमार चौधरी रहेको थियो भने उद्घोषण उमेश चौधरीद्वारा गरिएको थियो ।
कार्यक्रमलाई सफल बनाउन नगर उपप्रमुखः रोशन खातुन,प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुरको साथै अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगिताका दुवै तहका विजयी तथा उत्कृष्ट प्रतिभालाई आगामी २०८२ चैत्र ४ गते एक विशेष समारोहका बीच पुरस्कार वितरण गरिने कार्यक्रमको संयोजक चौधरीले जानकारी गराए ।
