
शनिबार जनकपुरधाममा सम्पन्न संघको प्रथम प्रादेशिक अधिवेशन २०८२ बाट अध्यक्ष डा.नौसाद हक सहित १६ सदस्यीय कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा डा.गंगारमा खर्ग र डा. कृष्णा महर्जन रहेका छन् । त्यस्तै, सचिवमा डा.आशिक झा चयन भएका छन् भने, उप सचिवमा डा. अवधेश मण्डल र महिला उप सचिवमा डा. रमिता यादव चयन भएकी छन् । त्यस्तै, कोषाध्यक्षमा डा. दिपक चौरसीया चयन भएका छन् ।
