जलेश्वरटुडे समाचारदाता
धनुषा, २ असोज
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड पहिलो पटक प्रदेश २ सरकारको मधेश भवनमा इन्ट्री गरेका छन् । प्रचण्ड खाना खान प्रदेश २ सरकारको मधेश भवनमा पहिलो पटक शनिबार ‘इन्ट्री’ गरेका हुन् । उनी पार्टीको प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागि हुन जनकपुर आएका बेला माओवादी पक्षबाट प्रदेश सरकारमा रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहको आवासमा खानाखान प्रचण्ड मधेश भवन छिरेका थिए । प्रदेश सरकार स्थापना भएको साढे ३ वर्षमा प्रचण्ड यसअघि कहिल्यै मधेश भवन पुगेका थिएनन् । प्रदेश २ सरकारले साविकको चुरोट कारखाना लिमिटेडको भौतिक संरचनालाई आफ्नो मन्त्रालय आबास व्यवस्थापन गरिसकेको छ । सो ठाउँको नाम पनि मधेश भवन प्रदेश सरकारले नामाकरण गरेको हो ।
