आयोगले तटस्थ हुन जरुरी – Jaleshwortoday

आयोगले तटस्थ हुन जरुरी

 October 3, 2021  
Education

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तटस्थ हुन आवश्यक रहेको देखिन्छ । नेपालमा विभिन्न क्षेत्रहरुमा भ्रष्टाचार मौलाईरहेको परिवेशमा एक्लो विश्वास र आस्थाको केन्द्र रहेको यस आयोगले जनताको विश्वास टुट्न नदिनको लागि कुनै पनि प्रलोभन तथा दबाबमा नपरी तटस्थ भएर आफ्नो कर्तव्य पुरा गरेर अपराधीलाई कारबाहीको दायरामा ल्याउन जरुरी देखिन्छ । नेपालमा अहिले तीनै तहमा भ्रष्टाचारको बोलबाला भएकोले आयोगले सूक्ष्म परीक्षण गरेर देशमा सुशासन तथा जनताको सम्पतिको सुरक्षा गर्नमा अमूल्य योगदान पुर्याउन जरुरी छ । विश्वमा नेपाल नै यस्तो मुलुक हो जहाँ सत्ताधारीहरु प्रति आलोचना तथा आरोप लागे पनि सत्ता छोर्न नैतिकतासम्म देखाएको पाइदैन । जनताले सत्ताधारीहरुलाई कुर्सि छोड्न दबाब तथा बिरोध गरेर पनि कुनै प्रभाव परेको देखिदैन । नेपालमा नैतिकताको पतन भएको बखतमा जनताले सत्ता धारीहरुसँग यसको अपेक्षा गर्नु गलत हो । त्यसकारण भ्रष्टाचार रुपी माकुरोको जाललाई तोर्नको लागि अधिकार समपन्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै पहल तथा कारबाही प्र्रक्रिया अगाडी बढाउन आवश्यक छ । कतिपय अवस्थामा यस आयोगले ठूलो माछा समात्न जाल फाले पनि पछि जाल नै खुम्च्याउने गरेको आरोप पनि लाग्ने गरेकोले शसक्त भएर आयोगले अगाडी बढन तथा देशको आर्थिक विकासमा टेवा पुर्याउन सहयोग गर्न जरुरी छ ।