जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २३ श्रावण
रक्षाबन्धनको अवसरमा ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलद्वारा शुक्रबार राखि बनाउने प्रतियोगिताको आयोजन गरिएको छ ।
यस विद्यालयमा अध्ययनरत पिजिदेखि माथिल्लो कक्षासम्मका विद्यार्थीहरुले आ—आफ्ना जुझबुझका आधारमा विभिन्न रंगीचंगी राखिहरु बनाएका थिए भने साना कक्षाका विद्यार्थीहरुले कागजमा राखि बनाएर रंग भर्ने काम गरेका थिए । कक्षागत तरिकाले कक्षा पिजिदेखि कक्षा युकेजीसम्मका राखि बनाउनमा जेहेन्दार प्रथम,द्वितिय तथा तृतिय स्थान ल्याउन सफल विद्यार्थीहरुलाई आकर्षक पुरस्कार प्रदान गरिएका थिए भने कक्षा १ देखि माथिल्लो कक्षाका विद्यार्थीहरु मध्ये उत्कृष्ट ३ जनालाई समेत पुरस्कार प्रदान गरिएको थियो ।
