" >
मटिहानी नगरपालिकाको लैंगिक समानता नीति र सामाजिक समावेशिकरण नीति सम्बन्धि छलफल कार्यक्रम सम्पन्न - Jaleshwortoday

मटिहानी नगरपालिकाको लैंगिक समानता नीति र सामाजिक समावेशिकरण नीति सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

 ६ भाद्र २०८२, शुक्रबार ०१:१६  
1

आरजे ईर्शाद शेष
जनकपुरधाम, ५ भाद्र

2

मटिहानी नगरपालिकाको लैंगिक समानता तथा सामाजिक समावेशिकरण नीति पारित (सशक्तिकरण) सम्बन्धी एक दिवसीय छलफल कार्यक्रम जनकपुरको शिवचोकस्थित होटल वेलकममा सम्पन्न भएको छ। Support Nepal को आयोजनामा तथा जर्मन संस्था KURVE Wustrow को सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो।

3

कार्यक्रममा नगरपालिकाको नीति निर्माण प्रक्रिया, तथ्याङ्कीय अवस्था, र सामाजिक समावेशीकरणको महत्वबारे विस्तृत छलफल गरिएको थियो। छलफलको मुख्य उद्देश्य नीति निर्माणलाई समावेशी, दिगो र लैंगिक न्यायमा आधारित बनाउने रहेको आयोजकले बताएका छन्।

तथ्यांकहरू अनुसार मटिहानी नगरपालिकाको अवस्था यस्तो छ:

नगर क्षेत्रफल: २९.०२ वर्ग कि.मी.

कुल जनसंख्या: ३६,१३६ जना (पुरुष: १७,५५२, महिला: १८,५८४)

साक्षरता दर: औसत ५७.५५% (महिला: ४८.७७५%, पुरुष: ६६.९४५%)

लैङ्गिक अनुपात: ९४.४५

परिवार संख्या: ६,७०९, औसत परिवार आकार: ५.३९

वार्षिक जनसंख्या वृद्धिदर: १.४६५%

जनघनत्व: १२४५ व्यक्ति प्रति वर्ग कि.मी.

धार्मिक संरचना: हिन्दू – ७३.२९%, दोस्रो स्थानमा मुस्लिम समुदाय

कार्यक्रममा वक्ताहरूले लैङ्गिक समानता र सामाजिक समावेशीकरण सुनिश्चित गर्न नीति आवश्यक रहेकोमा जोड दिए। नीति निम्न उद्देश्यका लागि ल्याइएको हो:

सबै वर्ग, जात, लिङ्ग र समुदायको समावेशी सहभागिता सुनिश्चित गर्न

निर्णय प्रक्रियामा पिछडिएको वर्गको आवाज समेट्न

संघीय लोकतान्त्रिक गणतन्त्रको भावना अनुसार योजना तथा कार्यक्रमलाई समावेशी बनाउने

विभेदरहित, समृद्ध र न्यायपूर्ण समाजको निर्माणमा सहयोग पुर्‍याउने

लोकतन्त्रका लाभहरू न्यायोचित रूपमा बाँडफाँड गर्न

4

कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मंडल, उप–प्रमुख मञ्जु देवी साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, Support Nepal की रोशना खड्का, वडा अध्यक्ष कलिम अन्सारी, मदन चौधरी, शिवशंकर राय, रउफ राईन, नाजिर मियाँ, गफ्फार राईन, रितेश साह, योजना अधिकृत चन्देश्वर यादव, स्वास्थ्य शाखा प्रमुख पवन मंडल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दास, शिक्षा शाखा प्रमुख श्रीश, कृषि शाखा प्रमुख टंक प्रसाद, साथै सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

5

कार्यक्रमले नीति निर्माण प्रक्रियामा समुदायको प्रत्यक्ष सहभागिता र आवाजको सुनिश्चितता गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।