भोट हमारा शासन तुम्हारा नही चलेगी नही चलेगीः पूर्व गृह राज्य मन्त्री अंसारी – Jaleshwortoday

भोट हमारा शासन तुम्हारा नही चलेगी नही चलेगीः पूर्व गृह राज्य मन्त्री अंसारी

 August 23, 2025  
5

आरजे इर्शाद शेख
जलेश्वर, ७ भाद्र

संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा महोत्तरीको सदरमुकाम जलेश्वरमा  जिल्ला समन्वय समितिको सभा हालमा शनिबारका दिन संयुक्त जनजागरण अभियान अन्तर्गत संघीय समाजवादी पार्टीको राष्ट्रिय अध्यक्ष तथा पूर्व गृह राज्य मन्त्री मो.रिजवान अंसारीले संघीय गणतान्त्रिक गठबन्धन सभाको सम्बोधन गर्दै भोट हमारा शासन तुम्हारा नही चलेगी नही चलेगी (भोट हाम्रो शासन तिम्रो यो चल्दैन) बताउनु भएको छ ।

संघीय समाजवादी पार्टीको जिल्ला अध्यक्ष सैदर अंसारीको अध्यक्षता तथा संघीय समाजवादी पार्टीको राष्ट्रिय अध्यक्ष तथा पूर्व संघीय गृह राज्य मन्त्री मो.रिजवान अंसारीको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन भएको थियो । मन्त्री अंसारीले एकल शासन व्यवस्थाको अन्त्य हुनुपर्दछ भन्ने धारणा राख्नुभयो । यी पाँच दलको गठबन्धन हुनुको प्रमुख उद्देश्य मुस्लिम,पिछडावर्ग,निषाद,दलित तथा उत्पीडीत वर्गको पहुँच राज्यको हरेक क्षेत्रमा पुर्याउनु हो । मन्त्री अंसारीले लिपुलेक तथा कालापानीको बारेमा समेत वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलिलाई सल्लाह दिदै भारत तथा चिनसँग आफ्नो जनताको भावना राख्नु पर्ने बताउनु भयो । गौर नरसंघार बारे समेत मन्त्री अंसारीले सूक्ष्म तथा निष्पक्ष जाँच हुनु पर्ने बताउनुभयो । मधेसको लागि आवाज उठाउने रेशम चौधरी होस वा उपेन्द्र यादव कसैलाई दबाउन पाइदैन भन्ने धारणा मन्त्री अंसारी राख्नु भयो ।

4

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा संघीय समाजवादी पार्टीको उपाध्यक्ष तथा मधेस प्रदेश पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री विमला अंसारी,नेपाल सद्भावना पार्टीको राष्ट्रिय अध्यक्ष राम कुमार महतो,नेसपाको सर्वमाननीय नेता रामचन्द्र महतो,महासचिव प्रा.पवन कुमार साह,केन्द्रीय सदस्य राम बाबु महतो,बहुजन एकता पार्टी नेपालको वरिष्ठ नेता तथा कार्यवाहक अध्यक्ष राजा राम पासमान,नेपाल जनजागृति पार्टीको राष्ट्रिय अध्यक्ष ध्रुप लाल निषाद तथा ऐतिहासिक जनता पार्टी लगायत पाँच सय भन्दा बढी नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

3

रैलीको नेतृत्व नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले गर्नुभएको थियो।

कार्यक्रम अघि रैलीमा पाँचवटा राजनीतिक दलका अध्यक्षहरू, कार्यकर्ताहरू, सर्वसाधारण नागरिक, युवाहरू तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले राष्ट्रिय झण्डा, आ–आफ्ना दलका झण्डा र सामाजिक चेतना अभिव्यक्त गर्ने प्लेकार्डहरू बोकेका थिए। शान्तिपूर्ण रूपमा आयोजित रैली जिल्ला समन्वय समिति, महोत्तरीको गेटबाट सुरु भई नगरका विभिन्न भाग परिक्रमा गर्दै सम्पन्न भएको हो।

1

नेसपा अध्यक्ष राम कुमार महतोले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर ऐतिहासिक तथा यस्तो क्रान्तिकारी ठाउँ हो जहाँबाट मधेस आन्दोलनको शुरुवात भएको थियो । आन्दोलनको बेला आफ्नो ज्यान समेत दाउँमा राखेर मधेसको लागि लडेका मधेस प्रदेश पूर्व राज्य मन्त्री अभिराम शर्मा तथा जलेश्वरको पूर्व मेयर शिव शंकर साही लगायत अन्य नेताहरु देश बाहिर अहिलेसम्म पनि बस्नु परेको अवस्था लोसपाको अध्यक्ष महन्थ ठाकुरले लिनु पर्ने बताए । किनभने त्यही मधेस आन्दोलनको बेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चारवटा आप झर्दैमा केही हुदैन भन्ने ओलीलाई यही ठाउँमा स्वागत गर्ने ठाकुर नै हुन । साथै अध्यक्ष महतोले यो संघीय गणतान्त्रिक गठबन्धन अहिलेको वर्तमान सरकारको विरुद्ध आन्दोलनको तयारी हो भन्ने कुरा बताउनु भयो ।

2

नेपाल जनजागृति पार्टीको अध्यक्ष निषादले निषाद आयोग बनाउु पर्नेमा जोड दिनुभयो । आफ्ना नेता तथा कार्यकर्ताहरुलाई सरल भाषामा सम्झाउदै अरुको झोला बोक्नेदेखि साबधान हुन सचेत गराए ।
त्यसैगरी बहुजन एकता पार्टी नेपालको कार्यबाहक अध्यक्ष पासमानले दलित,मुस्लिम,पिछडावर्ग तथा निषाद वर्गको विकासमा बाधक तत्वहरुलाई जवाफ दिने बेला आएको बताउनु भयो । सर्बै जना संगठीत भई अगाडी बढन समेत आग्रह गर्नु भयो ।

रैलीमा प्रस्तुत सन्देशहरू मार्फत सबै नागरिकमा समावेशीता र एकताका लागि आह्वान गरिएको थियो। विशेषगरी—

“सम्पूर्ण पिछडिएका वर्ग — मुस्लिम, निषाद, आदिवासी जनजाति, उत्पीडित वर्ग, जाति तथा समुदाय एकजुट होऔं।”
भनी नागरिकहरूलाई जागरूक बनाउने सन्देश दिइएको थियो।
संघीय गणतान्त्रिक गठबन्धनद्वारा सञ्चालित यो जनजागरण अभियान मधेस प्रदेशका अन्य जिल्लाहरूमा पनि क्रमशः सञ्चालन गरिएको आयोजकले जानकारी गराएका थिए ।

5

सो अवसरमा संघीय समाजवादी पार्टीको उपाध्यक्ष तथा मधेस प्रदेश पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री विमला अंसारीले दलित, मुस्लिम र निसाद समाज राजनीतिक रूपमा एकजुट नभएसम्म पहिचान सहितको अधिकार प्राप्त नहुने बताइन्।त्यसैगरी सहभागी नेताहरूले संख्यात्मक रूपमा ठूलो भए पनि दलित, मुस्लिम र निसाद समुदायको देशका कुनै पनि निकायमा पर्याप्त पहुँच नदेखिएको उल्लेख गरेका थिए।