प्रजातन्त्रलाई जोगाऔं – Jaleshwortoday

प्रजातन्त्रलाई जोगाऔं

 September 11, 2025  
Jaleshwor Today Editorial

जेनजी पुस्ताले गरेको आन्दोलनले पक्कै पनि नयाँ नेपालको संरचना तयार भएको छ । देश अहिले शुन्य अवस्थामा पुगेको छ । भाद्र २५ गतेदेखि नेपालको नयाँ प्रधानमन्त्री कसलाई बनाउने छलफल गर्दागर्दै जेनजी तथा प्रधानसेनापतिले अहिलेसम्म टुंगो लगाउन सकेका छैनन् । जेनजी पनि अहिले विभिन्न गुटमा विभाजित भएका छन् । जसरी आन्दोलन एक गुटमा भयो त्यसैगरी अहिले कसलाई प्रधानमन्त्री बनाउने भन्ने प्रस्तावमा एक मत हुनुपथ्र्यो । तर अहिले आफै आफैमा विवाद तथा कुटाकुटको अवस्था भएको कारण प्रधान सेनापति पनि चिन्तित रहेको देखिन्छ । यसै विवाद तथा शुन्य समयलाई उपयोग गर्दै नेपालमा अहिले अन्तरराष्ट्रिय तथा राजाबादी शक्तिहरु सक्रिय भएका देखिन्छन् । राष्ट्रपति रामचन्द्र पौडेल समेत जनता तथा जेनजीसँग प्रत्यक्ष सम्पर्कमा छैनन् । देशका प्रमुख दलका नेताहरु पनि अहिले नेपाल सेनाको व्यारेकमा लुकी बसेका छन् । सबैले प्रभावबिहिन धारणाहरु सामाजिक संजाल मार्फत लुकेर राख्न थालेका छन् । पूर्व प्रधानन्यायधिश सुशिला कार्की वा कुलमान घिसिङ प्रधानमन्त्री बन्ने कुरा पनि सेलाएर गएको छ । प्राप्त जानकारी अनुसार काठमाडौंका विभिन्न ठाउँहरुमा नेपाली सेना तथा शाही सेनाको बाक्लो उपस्थिति देखिन थालेको छ । अहिले पनि कफ्र्यू जारी नै राखिएको छ । अहिले पूर्व राजा ज्ञानेन्द्र शाह पनि नागार्जुन दरबारबाट जेनजी लगायतका युवाहरुसँग छलफल तथा भेटघाट बढाउन थालेको देखिन्छ । तसर्थ प्रजातन्त्रलाई बचाउन समयमै सबै मिलेर ठोस कदम चाल्न आवश्यक रहेको देखिन्छ।