मधेस प्याब्सनद्वारा ऐतिहासिक श्रद्धाञ्जलि सभाको आयोजना - Jaleshwortoday

Blackjack odds in crypto casino

  1. Free 20 Spins: These videos get hundreds of thousands of views, with revenue coming in from ads, subscriptions and sponsorships.
  2. 10 Bonus Casino - Depending on the online casino you've chosen, you may need to download their in-house app before being able to enjoy the site in full.
  3. Slot Walk Of Shame By Nolimit City Demo Free Play: All they need is a registered account and a fast Internet connection.

Raw joint poker

App For Online Slots Development
Stars has two forms of customer support available to players, Live Chat and Email.
Double Ball Roulette Jackpot
Players should keep an eye on reels 2, 3 and 4 at all times as they play Moon Festival, because these are the only positions where the moon symbol can appear.
Despite a Woods-fueled surge in television ratings that resulted in some of the biggest numbers in decades, the shifting entertainment landscape has diminished viewer totals from even the most popular sporting events.

Theif of gambling winnings

Video Slot Machines In Australia
You must supply an email address and choose a reason for contacting them from the menu.
Uptown Pokies Casino No Deposit Bonus 100 Free Spins
Is it really that big of a deal for you to try it out.
Free Spins Slots Online Australia

मधेस प्याब्सनद्वारा ऐतिहासिक श्रद्धाञ्जलि सभाको आयोजना

 २ आश्विन २०८२, बिहीबार ००:११  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १ असोज

मधेस प्याब्सनद्वारा बुधबार जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरको प्राङ्गनमा ऐतिहासिक श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ ।
मधेस प्याब्सनद्वारा आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रमको अध्यक्षता मधेस प्याब्सनको केन्द्रीय अध्यक्ष तथा गैलेक्सी सेकेण्ड्री बो.स्कुलको संस्थापक प्रा.अमरेन्द्र कुमार झाले गर्नु भएको थियो । अध्यक्ष झाले हामीले पञ्चायत कालको अन्त्य गरेर लोकतन्त्रको स्थापना गर्नुको उद्देश्य कदापी पनि युवाहरुको बलिदानी दिनको लागि थिएन । तर अहिले जेन—जेडका ७३औं वटा युवाहरुले देशमा सुशासन ल्याउन तथा भ्रष्टाचार अन्त्यको लागि सहादत प्राप्त गरेका छन् जुन अत्यन्त दुःख हो बताउनु भयो । वीर शहिद युवाहरु प्रति श्रद्धाञ्जलि अर्पण गर्दै,शोकसन्तप्त परिवारजनलाई धैर्य धारण गर्न तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।
त्यसैगरी मधेस प्याब्सनको केन्द्रिय सचिव तथा ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलको संस्थापक प्रा.पवन कुमार साहले जेन—जेड पुस्ताका युवाहरुलाई भ्रष्टाचार विरुद्ध घर,गाउँ,टोल तथा समाजबाट नै बहिष्कार गर्न सुझाव दिनुभयो । यदि भ्रष्टाचारलाई सानै ठाउँबाट बहिष्कार गरिएन भने यसले ठूलो रुप लिई जनधनको क्षति समेत गर्न गराउन सक्ने भएकोले यसबाट सचेत हुन जरुरी रहेको बताउनु भयो । साथै सचिव साहले शहिद परिवारका सदस्यहरुलाई आवश्यक शैक्षिक सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भयो ।
त्यसैगरी मधेस प्याब्सनको केन्द्रीय सदस्य तथा यशोदा प्रेम शिशु सदनको संस्थापक तथा प्रधानाध्यापक रामचन्द्र पण्डीतले ज्ञातअज्ञात जेन—जेडका शहिदहरु प्रति श्रद्धासुमन श्रद्धाञ्जलि अर्पण गर्नु भएको थियो ।
त्यसैगरी मधेस प्याब्सनको जिल्ला अध्यक्ष सुजित मिश्रले जेनजी पुस्ताले २४ घण्टामा भ्रष्टाचार विरुद्ध आन्दोलन गरेर विश्व रेकर्ड कायम गरेको बताउनु भयो । जेनजी पुस्ता निस्वार्थ रहेको समेत अध्यक्ष झाले थप्नु भयो । अध्यक्ष झाले आन्दोलनमा कितावकाँपी बोकी गएका युवा पुस्तालाई सरकारले ताकीताकी छाति र टाउकोमा गोलि हानेर नरसंहार गरेको प्रति खेद प्रकट गर्नु भयो । साथै अध्यक्ष झाले मधेस प्याब्सनले शहिद परिवारका विद्यार्थीहरुलाई पठनपाठन तथा छात्राबासमा समेत सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
श्रद्धाञ्जलि मन्तब्यको क्रममा गैलेक्सी से.बो.स्कुलबाट कक्षा ७ को छात्रा रोशनी महतो,कृतिका चौबे,शिक्षक राज कुमार मिश्र,सुदिप कुमार र बुषेश कुमार तथा शिव शारदा से.बो.स्कुलबाट शिक्षक विवेक झा र मंगल दासले आफ्ना श्रद्धाञ्जलि मन्तब्य राखेका थिए ।
साथै सामाजिक अभियन्ता डा.ई.कृष्णचन्द्र साह तथा राष्ट्रिय सरसफाई अभियानी धिरेन्द्र कुमार साहले समेत आफ्ना श्रद्धाञ्जलि मन्तब्य राख्नुका साथै जेनजी पुस्ताको त्याग र समर्पणको उच्च प्रशंसा गर्दै विद्यालयहरुको माध्यमबाट जेनजी पुस्ताको संरक्षण आवश्यक रहेको साथै जेनजी मात्रै अगाडी नबढेर अरु पुस्ताले पनि नेतृत्व गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल सरकारद्वारा घोषित राष्ट्रिय शोक दिवसको अवसरमा मधेस प्याब्सन अन्तर्गतका गैलेक्सी सेकेण्ड्री बो.स्कुल,शिव शारदा सेकेण्ड्री बो.स्कुल,ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल,होलि मिसन ई.बो.स्कुल,यशोदा प्रेम शिशु सदन बो.स्कुल तथा भद्रकालि सेकेण्ड्री बो.स्कुलले सामुहिक रुपमा जेन—जेड आन्दोलनको क्रममा सहादत प्राप्त वीर शहिद प्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । सो अवसरमा सो विद्यालयका शिक्षक,शिक्षिका तथा कर्मचारी समेतको उपस्थिति रहेको थियो । शिक्षक तथा शिक्षिकाहरुले नेपालको झण्डासहितको जेन—जेड शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण रंगोलीले लेखि दिप बालि श्रद्धाञ्जलि अर्पण गरेका थिए । कार्यक्रममा राष्ट्रिय आवाज मेडियाको संस्थापक अध्यक्ष ओम प्रकाश साह,सुरक्षाकर्मी गरी ५ सयभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम संचालन तथा उद्घोषण प्रा.पवन कुमार साहले गर्नु भएको थियो ।

2