" >
जनकपुरमा दुई समुदायबीच तनावपछि कर्फ्यु आदेश जारी - Jaleshwortoday

जनकपुरमा दुई समुदायबीच तनावपछि कर्फ्यु आदेश जारी

 १७ आश्विन २०८२, शुक्रबार २१:५७  
3

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १७ असोज

धनुषाको देवपुर रुपैठामा दुई समुदायबीच फेरि तनाव भएको छ।

जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दसैँ समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो।

प्रहरीले झडप नियन्त्रणमा लिन र थप क्षति हुन नदिन २३ सेल अश्रुग्यास प्रहार गरेको थियो।

झडपका क्रममा ढुङ्गामुढाबाट केही प्रहरी र स्थानीय समेत घाइते भएका छन्।

तनाव भएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। साँझ ६ः३० बजेदेखि वडा नम्बर २० को विभिन्न स्थानभित्र कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।