
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २ कार्तिक
गाई तिहार तथा लक्ष्मीपुजा अर्थात दीपावलीको अवसरमा आज देशभर धनकी देवी माता लक्ष्मीको प्रत्येक हिन्दु धर्माबलम्बीहरुको घर—घरमा विशेष पुजाआजा गरिदै छ ।
यस अवसरमा पुरानो मान्यता अनुसार घर तथा वरिपरी सरसफाई गरी माता लक्ष्मीको स्वागतको लागि पुरा परिवार विशेष पुजाआजा गर्ने गर्दछन् । दीपावली असत्यमाथि सत्यको विजयको रुपमा समेत मनाइने गरिन्छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान रामले रावणलाई मारेपछि अयोध्याबासीले भगवान रामको जीतलाई दीप बालि स्वागत गरेको दिनदेखि यो पर्व मनाइदै आएको किंम्बदन्ती छ ।