पिपरामा डीप ट्यूबवेल जडान कार्यको शिलान्यास – Jaleshwortoday

पिपरामा डीप ट्यूबवेल जडान कार्यको शिलान्यास

 November 9, 2025  
3

1

आरजे इर्शाद शेख

महोत्तरी, २३ कात्तिक

पिपरा गाउँपालिका–४ मा पर्ने माध्यमिक विद्यालयको दक्षिणतर्फ रहेको गोरियाही चौरी क्षेत्रमा डीप ट्यूबवेल जडान तथा निर्माण कार्यको शिलान्यास गरिएको छ।

खडेरी तथा अन्य प्रतिकूल मौसममा पनि कृषकहरूलाई बाली सिंचाइमा सहजता पुर्‍याउने उद्देश्यका साथ समरसेबल पम्पसहित १२० मिटर गहिराइको डीप ट्यूबवेल निर्माण कार्यको शिलान्यास गाउँपालिका अध्यक्ष रामजानकी यादव र रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरीले संयुक्त रूपमा गरेका हुन्।

रतौली युवा क्लबको जिम्मेवारीमा ८ इन्च पाइप प्रयोग गरी करिब १२० मिटर गहिराइसम्म बोरिङ कार्य सम्पन्न गरिने र सो बोरिङबाट करिब ४ इन्च बराबरको पानी निकाल्ने व्यवस्था गरिनेछ। सोपछि हुने विजुली आपूर्ति, अभरहेड ट्यांकी निर्माण, पम्प हाउस निर्माण, कूलो खन्ने लगायतका कामहरू पिपरा गाउँपालिका र स्थानीय उपभोक्ता समितिको जिम्मेवारीमा रहने जनाइएको छ।

काम सम्पन्न भएपछि उक्त डीप ट्यूबवेलबाट करिब ४० बिग्हा खेतमा सिंचाइ सुविधा उपलब्ध हुने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ।

3