३६घण्टा भयो अनसन बसेको अध्यक्ष तजमुल को स्वास्थ्य अवस्था गम्भीर – Jaleshwortoday

३६घण्टा भयो अनसन बसेको अध्यक्ष तजमुल को स्वास्थ्य अवस्था गम्भीर

 December 15, 2025  
3

रइस आजाद
रौतहट,२९ मंसिर

रौतहटको परोहा नगरपालिका वडा नं ०९ रामपुरखाप मा आईतबार बेलका करिब ५बजे देखि अनिश्चित कालीन अनसन बसेको अध्यक्ष तजमुल आज करिब ३६ घण्टा भन्दा धेरै हुन लागेको छ भन्ने सम्बन्धित निकाय ले कुनै चासो लिएको छैन। अध्यक्ष तजमुल सँग कुरा गर्दा उहाँ ले भन्नु भयो “मा आफ्नो बलिदान दिन तयार छु” “ज्यान दिन तयार छु” तर जब सम्म सम्बन्धित निकाय बाट लिखित रूपमा सीमा नाका मा चार पाङ्ग्रे आवत जावत सुचारु हुँदैन तब सम्म अनसन नतोड्ने जनाएको छ। स्थानीय बसी हरु उहाँ को संघर्ष प्रति एकदमै साथ दिने र अब को १२घण्टा भित्र सम्बन्धित निकाय बाट लिखित रूपमा समस्या को सम्पादन भएन भन्ने अझै ५जाना स्थानीय बसी अनसन मा जाने भएको छ। स्थानीय बसी को मुख्य माग भन्ने चार पाङ्ग्रे सवारी साधन आवत जावत सुचारु गर्ने। रामपुर खाप् मा पहिला देखि छोटो भन्सार थियो त्यसलाई पुन सञ्चालन मा ल्याउने । यसले स्थानीय बसी लाई भारत बाट सजिलै छोटी दूरी को यात्रा मा घर को सामान र बेपर को लागि सहज हुने छ। समग्र मा भन्नु पर्दा स्थानीय बसी हरु माग संशोधन गर्न सम्बन्धित निकाय ध्यान जाओस हिजो देखि रामपुर खाप नाका खुलाउन बसेको शेख तजमुल हक को स्वास्थ्य स्थिति नाजुक हुँदै गएको स्वास्थ चौकी रामपुर को चिकित्सकले जानकारी दिनुभयो । अहिले सम्म सम्बन्धित निकायले कुनै ध्यान गएको छैन स्थानिय जनताहरु गुनासो गरेकाछन्।