" >
परिवर्तन गर्ने उद्देश्य स्पष्ट हुनुपर्छ - Jaleshwortoday

परिवर्तन गर्ने उद्देश्य स्पष्ट हुनुपर्छ

 २० माघ २०८२, सोमबार ००:०२  

स्वतन्त्र, निष्पक्ष, निर्वाचन, प्रजातान्त्रिक शैली, स्वतन्त्र न्यायालय र संघीय शासन प्रणाली सफल हुने आधार रहेको देखिन्छ । यी सबै मूल्य, मान्यतामा ह्रास आयो । जनतामा निराशा व्याप्त हुँदै गयो । देशमा बाटो, बिजुलीजस्ता विकास भए पनि आम जनताको आर्थिक उन्नति नभएको देखिन्छ । शिक्षा र स्वास्थको क्षेत्रमा निजीकरणका नाममा व्यापारीकरण मात्र भएको देखिन्छ । रोजगारीका लागि निम्न र मध्यमवर्गीय जति खाडी मुलुक जान थालेको देखिन्छ । तिनले पठाएको रिमिट्यान्स देशको मुख्य आयस्रोत रहेकोमा नेताहरू गर्व गर्न थालेका छन । ती मानिस जाँदा पनि म्यानपावर र सरकारबाटै लुटिएका विषय बाहिर आउन थालेको समेत देखिन्छ । सरकारको दमनका कारण र धमिलो पानीमा माछा मार्ने राजनीति गर्नेहरूले २३–२४ गते त विध्वंस नै गरे । पुराना पार्टीहरू नेपाली कांग्रेस, एमाले, नेकपा र राप्रपा लगायत सुधारिएर आउन बाध्य भएको देखिन्छ । यही बीचमा आएको रास्वपाको पनि व्यवस्था परिवर्तन वा अवस्था परिवर्तन उद्देश्य स्पष्ट नरहेको देखिन्छ । अहिले आम जनता पार्टीको नेतृत्व गर्दै आएको प्रभु साहको पार्टी मोबाइल छापले मौलापुरदेखि जगाएको विकासको आश निर्णायक हुन पनि बेर नलाग्ने जस्तो लाग्दछ ।