जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १३ चैत्र
ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले एक कार्यक्रम वीच हिन्दुहरुको महापर्व रामनवमी हर्षाेल्लासका साथ मनाएका छन् ।
रामनवमीको अवसरमा विद्यार्थीहरुले रामनवमीको सम्बन्धमा आफ्ना विचारहरु राखेका थिए । विद्यार्थीहरुले मर्यादा पुरुषोत्तम रामको जिवन शैली तथा वहाँले गरेका अनुकरणीय कामहरुका बारेमा प्रशंसा गरेका थिए । कार्यक्रमको अध्यक्षता गर्दै विद्यालयको संस्थापक प्रधानाध्यापक प्रा.पवन कुमार साहले दीप प्रज्जवलन गरी कार्यक्रमको शुरुवात गर्नु भएको थियो । संस्थापक साहले मिष्ठान,फल,माला,फुल,अवीर तथा अगरवतिले भगवान रामको प्रतिमामा पुजाआजा गर्नु भएको थियो । त्यसपछि पालै पालोसँग उपस्थित सम्पूर्ण शिक्षक,शिक्षिका,कर्मचारी तथा विद्यार्थीहरुले हिन्दु परम्परा अनुसार भगवान रामको पुजाआजा गरेका थिए ।
