नीजि विद्यालयसंग असमान व्यवहार नगर – Jaleshwortoday

नीजि विद्यालयसंग असमान व्यवहार नगर

 January 2, 2022  
Education

धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकाभित्रका नीजि विद्यालयहरुलाई असमान व्यवहार भएको संस्थापकहरुले बताएका छन् । नीजि विद्यालयहरुको कक्षा थप तथा नयाँ दर्ता सम्बन्धमा यस पालिकाको शिक्षा विभाग गैर जिम्मेबार रहेको बुझिएको छ । पटक—पटक टागेदा तथा भेटघाट गरे पनि कुनै पनि किसिमको सहयोग नभएको नीजि विद्यालयका संस्थापक प्रधानाध्यापकहरुले आफ्ना दुखेसो पोखेका छन् । आर्थिक चलखेल भई कक्षा थप तथा नयाँ दर्ता दिने गरेको समेत बुझिएको छ । यस्ता कार्यले जनकपुरधाम उपमहानगरभित्रका स—साना विद्यालयहरु अहिलेसम्म कक्षा थप तथा नयाँ दर्ता प्रमाणपत्र लिनबाट बञ्चित भएका छन् । ती साना विद्यालयहरुले शिक्षा विभागले आर्थिक चलखेलको भरमा कक्षा थप तथा नयाँ दर्ता प्रमाणपत्र दिने गरेको बताएका छन् । यस्ता शैक्षिक माफियाहरुले जनकपुरधामभित्रको शिक्षा क्षेत्रलाई ध्वस्त बनाउन खोजेको बुझिन्छ । जनकपुरधाम शैक्षिक उद्योेगको रुपमा पनि चिनिन्छ । अर्थात यहाँ शिक्षाको अस्तित्व नै समाप्त पार्ने गलत खेल भइरहेको बुझिएको छ । जनकपुरधामको बेरोजगारी समेत नीजि विद्यालयहरुले धानेको् र नेपाल सरकारलाई राजस्व समेत तिर्ने भएकोले नीजि विद्यालयहरुको समस्या स्थानिय तहले बुझिदिन जरुरी छ । नीजि विद्यालयहरुलाई पनि सरकारी झै समान व्यवहार गर्न जरुरी छ । नीजिका समस्याहरु सिघ्र समाधान गर्नुपर्छ ।