मो. इर्शाद
भारतबाट किनमेल गरेर नेपाल ल्याइने सामानमा कडाइका साथ भन्सार शुल्क लिने व्यवस्था कार्यान्वयन गरिएपछि सीमावर्ती क्षेत्रका बसिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका छन्।
यसअघि यस्ता साना किनमेलमा व्यवहारतः भन्सार नलाग्ने अभ्यास भए पनि नयाँ सरकारले जिम्मेवारी सम्हालेसँगै त्यसमा नियन्त्रण गर्न लागिएको जस्तो देखिन्छ। भन्सार नाकाहरूमा भइरहेको कडाइको कतिपयले विरोध गरिरहेका छन्।
मधेश प्रदेशका विभिन्न सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीले माइकिङमार्फत् सर्वसाधारणलाई सचेत गराउँदै भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गर्नुपर्ने जानकारी दिइरहेका छन्।
सीमावर्ती क्षेत्रमा भारतीय बजारमा गएर किनमेल गर्ने प्रवृत्ति रहँदै आएको छ। तर पछिल्लो कडाइलाई लिएर सीमा क्षेत्रका बासिन्दाहरूले मिश्रित प्रतिक्रिया जनाइरहेका छन्।
समग्रमा हेर्दा जलेश्वर–भिट्ठामोड नाका अहिले सामान्य तर सावधानीपूर्ण अवस्थाकै बीच चलिरहेको स्थानीयहरूले बताएका छन्।
तुलनात्मक रुपमा महोत्तरीको नाका सहज नै छ । फैलिएको हल्ला जस्तो अबस्था छैन। अन्य जिल्लामा भएको हुन सक्छ ।
