बाबा जलेश्वरनाथको पवित्र तथा ऐतिहासिक नगरी तथा जलेश्वर नगरपालिका महोत्तरीको केन्द्रबिन्दु जलेश्वरलाई आधुनिक समयानुसार व्यवस्थित गर्न आवश्यक रहेको देखिन्छ । जलेश्वरलाई व्यवस्थित गर्नको लागि जलेश्वरनाथ मन्दिरलाई व्यवस्थित तथा सुरक्षित बनाउन आवश्यक रहेको देखिन्छ । यसको लागि मन्दिरभित्र र बाहिर सिसि क्यामरा जडान गर्नुका साथै यसको मोनिटिरिंग समेत गर्न आवश्यक रहेको देखिन्छ । यस मन्दिर तथा पोखरीहरुका महिमाको बारेमा नेपाल तथा भारतको विभिन्न ठाउँहरुमा प्रचारात्मक सामाग्रीहरुको प्रयोग गरी प्रचारप्रसार गर्न आवश्यक रहेको देखिन्छ । पर्यटकलाई कम्तिमा पनि एक सप्ताहसम्म जलेश्वरमा रोकी राख्न जलेश्वरमा स्थानिय सँस्कृति झल्किने खाना भएको सुविधा समपन्न होटेल तथा बासको व्यवस्थापनमा जोड दिन आवश्यक रहेको देखिन्छ । जलेश्वर क्षेत्रका सडकहरुलाई मरम्मत सँभार गरी हाईबे तथा पर्यटक भित्रिने मार्गहरुबाट नै मन्दिर जाने बाटो तथा अन्य धार्मिक मन्दिरहरु देखाउने बोर्ड विभिन्न ठाउँहरुमा लगाउन आवश्यक रहेको देखिन्छ । श्रावण महिनालाई लक्षित गरी बाबा जलेश्वरनाथ मन्दिर परिसरलाई सजाउन तथा श्रद्धालुभक्तजनहरुलाई उल्लेख्य रुपमा सहभागि गराउन विभिन्न सँचार माध्यमहरुको प्रयोग गरी महोत्तरी तथा धनुषा जिल्लाहरुमा प्रचारप्रसार गर्न गराउन आवश्यक रहेको देखिन्छ । यस मन्दिरमा प्राचीनकालदेखि नै जनकपुरधामको बेला नजिकको दुधमती नदीबाट जल ल्याई श्रावण महिनाको सोमबार जल चढाउने परम्परा रहेकोले यसलाई महत्वका साथ व्यवस्थित गर्न आवश्यक छ । धार्मिक व्यवस्थाको साथै शिक्षा,स्वास्थ्य,अस्पताल,बिजुली,सञ्चार,व्यवसाय,उद्योग,सौन्दर्यिकरण तथा समाजिक सुधारका क्षेत्रहरुलाई समेत व्यवस्थित गर्न आवश्यक छ । महोत्तरी जिल्ला अर्थात जलेश्वरको ईतिहास विशाल रहे पनि वर्षाैको राजनीति खिचातानी तथा स्थानियको मौनताका कारण सिर्जना भएको परिवेशलाई व्यवस्थित गरी फेरी पनि जलेश्वरलाई विशाल बनाउन सरोकारबालाहरुका सक्रियतामा अघि बढ्न आवश्यक छ ।
