जलेश्वरमा पर्यटन प्रवद्र्धनको सम्भावना र चुनौतीबारे अन्तरक्रिया – Jaleshwortoday

जलेश्वरमा पर्यटन प्रवद्र्धनको सम्भावना र चुनौतीबारे अन्तरक्रिया

 September 30, 2026  
2

मो. इर्शाद

महोत्तरी, १४ असोज

महोत्तरीको जलेश्वरमा पर्यटन प्रवद्र्धनको सम्भावना र चुनौतीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
होटल तथा पर्यटन व्यवसायी संघ जलेश्वर, महोत्तरीको आयोजनामा ‘घुमौँ मधेश, बुझौँ मधेश’ नारासहित पहिलोपटक पर्यटन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया गरिएको हो।
कार्यक्रममा महोत्तरीसहित मधेश प्रदेशका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन, पर्यटक आकर्षित गर्न आवश्यक पूर्वाधार निर्माण, प्रचारप्रसार तथा पर्यटन व्यवसायीबीचको सहकार्यका विषयमा छलफल गरिएको थियो।
मधेश प्रदेश धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि महत्वपूर्ण सम्भावना बोकेको भए पनि पर्याप्त प्रचारप्रसार, पूर्वाधार र व्यवस्थित पर्यटन योजनाको अभावमा अपेक्षाअनुसार पर्यटक भित्र्याउन नसकिएको सहभागीहरूले बताएका थिए।
स्थानीय पर्यटकीय गन्तव्यलाई एकअर्कासँग जोडेर पर्यटन प्याकेज निर्माण गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन सकिने उनीहरूको भनाइ थियो।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, पर्यटन व्यवसायी, व्यापारी, युवा तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।