महोत्तरीमा ५ लाख २५ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद – Jaleshwortoday

महोत्तरीमा ५ लाख २५ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद

 October 9, 2026  
1

मो. इर्शाद

महोत्तरी, २२ असोज

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ स्थित टेगर रोडबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको कपडा तथा दुई वटा मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वार्टर महोत्तरीबाट खटिएको मोटरसाइकल गस्ती टोलीले २०८३ असोज २२ गते टेगर रोड क्षेत्रमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद गरिएको कपडा तथा दुई वटा मोटरसाइकलको कुल मूल्य करिब ५ लाख २५ हजार रुपैयाँ बराबर रहेको छ।
बरामद सामान तथा मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।