महोत्तरीका सरकारी विद्यालयहरु बन्द हुँदै, नीजि विद्यालयहरु माघ १ गतेदेखि बन्द हुने – Jaleshwortoday

महोत्तरीका सरकारी विद्यालयहरु बन्द हुँदै, नीजि विद्यालयहरु माघ १ गतेदेखि बन्द हुने

 January 13, 2022  
Corona

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २८ पौष

कोरोना संक्रमण बढ्दै गएपछि संघीय सरकारले शिक्षण संस्था बन्द गर्न निर्देशन दिएसँगै महोत्तरीका सामुदायिक तथा सरकारी विद्यालय बन्द हुन थालेका छन् । केही क्याम्पसमा शिक्षकलाई नै कोरोना पोजेटिभ देखिएपछि आकस्मिक रुपमा बन्द भएका छन् । भाइरसको जोखिम न्यूनिकरण स्वरुप सरकारले सरकारी तथा निजी विद्यालयका बालबालिकालाई समेत मोर्डना खोप दिन थालेको छ । जिल्लाका करिब ९० प्रतिशत विद्यालयमा पुगेर विद्यार्थीहरूलाई खोप लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।सबैभन्दा जोखिम विद्यालय, क्याम्पसमा पर्न सक्ने भन्दै जिल्लाका सामुदायिक तथा सरकारी विद्यालयहरू आजैदेखि बन्द गरिएको छ भने निजी विद्यालय १ माघपछि बन्द गरिने महोत्तरी प्याब्सन, एनप्याबसनको तयारी छ । महोत्तरीमा ६२ भन्दा बढी निजी विद्यालय छन भने पाँच सयको हाराहारीमा सरकारी तथा सामुदायिक विद्यालय रहेका छन् ।