संघीयतामा शक्तिको बाँडफाँड हुनुपर्ने महोत्तरीका जनप्रतिनिधिको आवाज – Jaleshwortoday

संघीयतामा शक्तिको बाँडफाँड हुनुपर्ने महोत्तरीका जनप्रतिनिधिको आवाज

 March 9, 2022  
Jan

राकेश प्रसाद चौधरी
महोत्तरी, २४ फागुन

मधेश प्रदेशको राजधानी क्षेत्र जलेश्वरमा संघीयता संवाद कार्यक्रममा जनप्रतिनिधिहरुले संघीयतामा स्रोतसँगै शक्तिको बाँडफाँड आवश्यक रहेको बताएका छन् । संवादमा सहभागि कर्मचारी, संचारकर्मी र सामुदायिक संस्थाका प्रतिनिधिले संघीयताले वडास्तरमा सेवासुविधा पु¥याएपनि कार्यान्वयनमा निकै समस्या भोग्नुपरेको गुनाँसो गरेका थिए । जनप्रतिनिधिहरुले अधिकारको विकेन्द्रिकरण पहिलादेखि नै अभ्यास रहेपनि शक्तिको बाँडफाँड अझै हुन नसकेको वडाको अधिकार पनि जिल्लाको प्रशासनिक र सुरक्षा निकायले प्रयोग गर्ने गरेको जिकिर गरेका थिए । मेयर र वडाअध्यक्षले जनतालाई सबै कुरा नभन्ने र नागरिकले पनि उनीहरुलाई सहयोग गर्ने वातावरणको विकास हुन सकेको छैन । वडा सदस्यसँग वडाअध्यक्षले मतलब नराख्ने, सदस्यहरुको क्षमता अभिबृद्धि हुन नदिने समस्याहरु रहेको देखिएको अनुभव सहभागीहरुले संवादमा सुनाएका थिए । जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेश प्रसाद सिंहले संवैधानिक अधिकार प्रयोगमा निकै समस्या हुने गरेको र कहीँकतैबाट सहजीकरण समेत हुन नसकेकोले संघीयतामा समस्या र चुनौतीहरु बढेको बताए । उनले संघ, प्रदेश र स्थानीयबीच अझै तालमेल हुन नसकेको कारण हासिल भएका उपलब्धिहरुको अधिकत्तम प्रयोग गर्न नसकिएको बताए । जलेश्वर नगरपालिकी उपप्रमुख मुनचुन देवीले पहिलेको अवस्थाभन्दा अहिलेको अवस्था राम्रो लागेको बताइन् । अकाउन्टाबिलिटी ल्याब नेपालले जिल्ला समन्वय समिति महोत्तरीको समन्वयमा आयोजना गरेको संघीयता संवादःअधिकार विकेन्द्रिकरण र प्रयोग विषयक कार्यक्रममा संघीयता विज्ञ एवं पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदीले संघीयता कार्यान्वयन, ढाँचा र प्रक्रिया, संघीयताको प्रभावकारी उपयोगको मार्गसहितको विषयमा छलफल गरेका थिए । संघीयता संवाद कार्यक्रममा इन्टरनेशनल रिपब्लिकन इन्स्च्यिुटका प्रतिनिधि र अकाउन्टाबिलिटी ल्याब नेपालका प्रतिनिधि नारायण अधिकारीको उपस्थिती थियो ।