नेसपाको समिक्षा बैठक समपन्न,महाधिवेशन आश्विनमा हुने – Jaleshwortoday

नेसपाको समिक्षा बैठक समपन्न,महाधिवेशन आश्विनमा हुने

 June 12, 2022  
jj

जलेश्वरटुडे समाचारदाता
धनुषा, २८ जेष्ठ

नेपाल सद्भावना पार्टी(नेसपा) को केन्द्रिय कार्यालय जनकपुरधाममा शनिवार संघीय कार्यसमितिको बैठकबाट २०७९ बैशाख ३० गते समपन्न स्थानिय तहको निर्वाचन सम्बन्धि समिक्षा बैठक समपन्न भएको छ ।
सो बैठकमा मधेस प्र्रदेश लगायत अन्य प्रदेशका केन्द्रिय कार्यसमितिका पदाधिकारीहरु उपस्थिति रहेको थियो । नेसपा राष्ट्रिय अध्यक्ष राम कुमार महतोको अध्यक्षतामा समपन्न सो बैठकमा वरिष्ठ नेता प्रो.राजेन्द्र प्रसाद सिंह,क.ेउपाध्यक्ष श्रीवति भेरिहर,के.महासचिव नागेन्द्र सिंह,के. प्रवक्ता पवन कुमार साह लगायत विभिन्न नेता तथा नेतृहरुले आफ्ना मन्तब्य पार्टीको सुदृढिकरण तथा भावि प्रगतिको लागि राखेका थिए । उम्मेदबार चयन,आर्थिक व्यवस्थापन,समन्वय ,कार्य विभाजन तथा नेतृत्व शैलीमा सुधार गरी अगाडी बढने अध्यक्ष महतोले बताउनुभयो । साथै पार्टीको महाधिवेशन २०७९ सालको आश्विन २९ देखि ३१ सम्म समपन्न गर्ने निर्णय गरियो।