जलेश्वरटुडे समाचारदाता
एकडारा, ७ चैत्र

महोत्तरीको एकडारा गाउँपालिकामा परम्परागत हानिकारक अभ्यास न्यूनिकरणका लागि धार्मिक सञ्जालहरु वीच विशेष छलफल गरिएको छ ।

महोत्तरी जिल्ला राष्ट्रिय अन्तरधार्मिक सञ्जालको अध्यक्ष हरि नारायण झाको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा हिन्दु,मुस्लिम तथा इसाई धर्मका धर्म गुरुहरु तथा गुरुआमाहरुको उपस्थिति रहेको थियो । समाजमा व्याप्त बाल

बिबाह,दाईजो तथा छुवाछुत जस्ता परम्परागत हानिकारक अभ्यासहरुलाई न्यूनिकरण गर्नको लागि राष्ट्रिय अन्तरधार्मिक जिल्ला सञ्जाल,नगर सञ्जाल तथा महिला धार्मिक सञ्जालका धर्मगुरुहरु वीच छलफल गरी सो निदानको

बारेमा कार्य योजना प्रस्तुत गरिएको थियो । कार्यक्रममा निरन नेपालको रौतहट जिल्लाको सदस्य शिव शंकर पासवानले उपस्थित धर्म गुरुहरुसँग यी विभिन्न परम्परागत हानिकारक अभ्यासहरुको बारे विभिन्न धर्मका ग्रन्थहरुले के

बताएका छन् भन्ने बारे छलफल गरी आफ्नो जिल्लामा बालबिबाह लगायतका गलत अभ्यासहरु रोकेका तथ्यहरुबारे जानकारी गराउनु भएको थियो । त्यसैगरी

निरन नेपालको प्रदेश संयोजक तथा प्रोग्राम अफिसर आशिष चौधरीले कार्यक्रम भरी विच विचमा सहजिकरण गर्नु भएको थियो । निरन नेपालको महिला

सञ्जालको महोत्तरी जिल्ला सचिव मिरा झाले एकडारा पालिकामा व्याप्त हानीकारक अभ्यासहरुलाई अन्त गर्न एकडारा गाउँपालिकाको सहकार्य तथा थप

सहयोगको आवश्यकता रहेको बताउनु भयो ।


