बंगलादेशलाई हराउँदै कुवेत साफ च्याम्पियनसिपको फाइनलमा – Jaleshwortoday

बंगलादेशलाई हराउँदै कुवेत साफ च्याम्पियनसिपको फाइनलमा

 July 1, 2023  
hhh

जलेश्वरटुडे समाचारदाता
काठमाडौं १६ असार

बंगलादेशलाई अतिरिक्त समयमा पराजित गर्दै आमन्त्रित टोली कुवेत भारतमा जारी साफ च्याम्पियनसिप २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

बेंगलुरुस्थित कान्तिराव स्टेडियममा शनिबार भएको पहिलो सेमिफाइनलमा कुवेतले बंगलादेशलाई १-० ले पराजित गरेको हो ।

कुवेतका लागि अब्दुल्लाह अलब्लाउसीले अतिरिक्त समयमा गोल गरे । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल नभएपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा अलब्लाउसीले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए र त्यही अग्रता कायम राख्दै कुवेत पहिलो सहभागितामै साफको उपाधि नजिक पुगेको हो ।

१४ वर्षपछि सेमिफाइनल खेलेको बंगलादेशको १८ वर्षपछि फाइनल पुग्ने सपना भने पूरा हुन सकेन । बलियो कुवेतलाई १०५ मिनेटसम्म बराबरीमा रोक्न सफल भएपनि एकै गल्तीमा गोल खाँदा बंगलादेश पराजित भयो ।

कुवेतले अब फाइनलमा शनिबारै हुने भारत र लेबनाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । भारत र लेबनाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।