भारतले दियो पाकिस्तानलाई ३५७ रनको लक्ष्य – Jaleshwortoday

भारतले दियो पाकिस्तानलाई ३५७ रनको लक्ष्य

 September 11, 2023  
cc

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २५ भाद्र

एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ३५७ रनको विशाल लक्ष्य दिएको छ।

श्रीलंकामा जारी सुपर फोर खेलमा भारतले पुरै ओभर खेलेर २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो। भारतको लागि विराट कोहली र केएल राहुलले अविजित शतकीय पारी खेले।

कोहलीले अन्तिम बलमा छक्का प्रहार गर्दै भारतको कुल योगफललाई ३५६ पुर्‍याए। भारतको लागि कोहलीले १२२ र राहुलले १११ रन बनाए। यससँगै कोहलीले एकदिवसीयमा १३००० रन पुरा गरेका छन्। एकदिवसीयमा यो उनको ४७ औँ शतक हो। राहुलको भने एकदिवसीयमा यो छैँटौँ शतक हो। यस्तै शुभम गिलले ५८ र कप्तान रोहित शर्माले ५६ रन बनाए।

पाकिस्तानको लागि भने शाहीन अफ्रिदीले र शादब खानले १–१ विकेट लिए।

वर्षाका कारण सोमबार खेल स्थगित पश्चात भारत र पाकिस्तानबीचको खेल मंगलबार पुन सुरु भएको हो। सोमबार भारतले २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाउँदा खेल वर्षाको कारण प्रभावित भएको थियो।