सतलोक आश्रममा १३ नव जोडीहरुको दाइजोमुक्त सामुहिक अन्तर्जातीय विवाह, विशाल भण्डारा र रक्तदान गराई मनाईयो दिव्य धर्म यज्ञ दिवस – Jaleshwortoday

सतलोक आश्रममा १३ नव जोडीहरुको दाइजोमुक्त सामुहिक अन्तर्जातीय विवाह, विशाल भण्डारा र रक्तदान गराई मनाईयो दिव्य धर्म यज्ञ दिवस

 November 28, 2023  
20249c4f-cfb0-4b7d-9884-239fa250af49

रोशन दास
धनुषा, १२ मंसिर

धनुषा जिल्लाको मिथिला न.पा.– २ मा स्थित सतलोक आश्रममा सन्त रामपालजी महाराजको सान्निध्यमा ५१० औं दिव्य धर्म यज्ञ दिवसको उपलक्ष्यमा यहि मंसिर १०, ११ र १२ गते सम्मका लागि आयोजना गरिएको सन्त गरीबदासजी महाराजको अमरवाणीको अखण्ड पाठ, रक्तदान शिविर, विशाल भण्डारा तथा दाइजोमुक्त विवाह कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको दोस्रो दिन सोमबार मात्र १७ मिनेटमा १३ नव जोडीहरुको दाइजोमुक्त विवाह पनि गराइएको छ । विवाहमा बेहुला वा बेहुली कुनै पनि पक्षको एक रुपैयाँ पनि खर्च भएन र यस विवाहमा आउने सर्व आगन्तुकलाई आश्रम कै तर्फबाट भण्डाराको व्यवस्था गरिएको थियो। यस्ता दाइजोमुक्त सामुहिक विवाहले समाजका दाइजो लेनदेन गर्ने रुढिवादी व्यक्तिहरुलाई कडा सन्देश दिइरहेको छ र समाजबाट दाइजोरुपी राक्षसलाई सदाका लागि जरैदेखि उखेलिरहेको छ। आपसी सहयोग एवम् भाइचाराको स्थापना गरी स्वच्छ र विकृतिमुक्त समाज निर्माण गर्ने उद्देश्यले सन्त रामपालजी महाराजले यस्ता कार्यक्रमहरु आयोजना गर्नुहुने जानकारी संस्थाका संयोजक भक्त रामकृपाल दासले दिनुभयो ।
कपडा बुनेर जीविका चलाउने निर्धन संत तथा भक्तको लीला गरिरहनु भएको कबीर साहेबले पहिले विक्रम सवंत् १५७० मा कार्तिक महीनाको शुक्ल पक्ष चतुर्दशीको दिन स्वयं नै केशव बन्जारा (व्यापारी) को रुप बनाएर नौ लाख गोरुहरु माथी पाकेको तयार भोजन (प्रसाद) तथा कच्चा सामग्रीका साथै १ लाख सेवादारहरु सतलोकबाट लादेर धरतीमा ल्याउनु भएको थियो। सतलोकमै बनेका पूरी,जेरी,लड्डु,आदी विभिन्न पकवानहरु ल्याएर १८ लाख साधु सन्तहरू तथा काशीका अन्य बासीहरुलाई काशीमा मोहन भण्डारा खुवाएर तृप्त गराउनुभएको थियो। तीन दिन सम्म आयोजना गर्नुभएको सोहि “दिव्य धर्म यज्ञ“ जुन कार्तिक महीनाको शुक्ल पक्ष चतुर्दशी देखि मंसिरको कृष्ण पक्ष प्रतिपदा सम्म चलेको थियो ।
त्यसैको उपलक्ष्यमा नेपालमा एउटा र अन्य देशमा ९ वटा गरी १० वटा सतलोक आश्रमहरुमा २०८० मंसिर १०,११ र १२ गते (२०२३ नोभेम्बर २६,२७ र २८) तीन दिन सम्म “दिव्य धर्म यज्ञ दिवस“ मनाईयो। सतलोकबाट तयार भोजन प्रसाद ल्याएर काशीमा विशाल भण्डाराको धर्म यज्ञ गराउनु भएको अद्भुत लीलाको सम्झनामा हरेक वर्ष सन्त रामपालजी महाराज तथा उनका अनुयायीहरुद्वारा दिव्य धर्म यज्ञ दिवस मनाउने गरिन्छ । तीन दिनसम्म भव्यरुपमा मनाइने यस कार्यक्रमको पहिलो दिन मधेश प्रदेश प्रमुख (राज्यपाल) हरिशंकर मिश्र , संघीय सांसदहरु लक्ष्मी तिवारी र विन्दवासिनी कंसाकार, भुतपुर्व स्वास्थ्यमन्त्री सुरेन्द्र प्रसाद यादव , दोस्रो दिन सशस्त्र प्रहरी बल नेपालका डिआईजी दिपेन्द्र साह , नेपाल विद्युत प्राधिकरणका मधेश प्रदेश प्रमुख र तेस्रो दिन जसपा अध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न ठाउँका मेयर, प्रशासनिक कर्मचारी तथा राजनैतिक व्यक्तित्वहरुको पनि सहभागीता रहेको थियो। कार्यक्रममा नेपाल तथा नेपाल भन्दा बाहिरका गरी करीब ३ लाख भन्दा बढी संख्यामा श्रद्धालुहरुको उपस्थिति रहेको थियो। समाजबाट सर्व विकृतिहरु अन्त्य गरी धरतीलाई स्वर्ग बनाउने तथा सदभक्ति प्रदान गरी सबैलाई काललोकको मृत्युचक्रबाट मोक्ष प्रदान गर्नु नै सन्त रामपालजी महाराजको मुख्य उद्देश्य रहेको कुरा संस्थाका अध्यक्ष कुमार डंगोलले बताउनु भएको छ । सधैं समाज सेवामा अगाडी रहने र रक्तदान कार्यक्रममा पनि उत्साहका साथ पालो कुरेर भएपनि रक्तदान गरेरै छोड्ने सेवा भावलाई देखेर नेपाल रेडक्रसका कर्मचारीले सन्त रामपाल जी महाराजको अनुयायीहरुको सराहना गरेका छन् ।
मंसिर १० गते शुभारम्भ भएको यस कार्यक्रममा १२ गते सम्म शुद्ध घ्यूको लड्डु तथा जेरीलाई मुख्य प्रसादको रुपमा खुवाई प्रसाद घरका लागि पनि लैजाने व्यवस्था गरिएको थियो । कार्यक्रममा आध्यात्मिक प्रदर्शनी पनि लगाइएको थियो जसमा कबीर साहेब तथा संत रामपालजी महाराजको जीवनको संघर्षहरु र कबीर साहेब द्वारा गरिएका दिव्य धर्म यज्ञका तस्वीर तथा आध्यात्मिक ज्ञान संबंधी चित्रहरु र शास्त्रीय प्रमाणहरु लगाइएका थिए । यसमा संस्कृतका प्रकाण्ड विद्वानहरुबाट शास्त्र अनुकूल भक्ति विधीको प्रमाण समेत सम्झाइने व्यवस्था छ। समाजलाई विकृति मुक्त बनाई सदभक्तिबाट संसारलाई सुखी बनाउने, संसार बाट सबै किसिमका अपराध, भेदभाव छुवाछुतको अन्त्य गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिने संस्थाका अध्यक्ष कुमार डंगोलले बताउनु भयो।