२०८१ मंसीर सम्म पिपरा गा.पा. बालबिबाहमुक्त कार्यविधि जारी – Jaleshwortoday

२०८१ मंसीर सम्म पिपरा गा.पा. बालबिबाहमुक्त कार्यविधि जारी

 December 12, 2023  
410032764_663446809292712_6420729202716852744_n

जलेश्वरटुडे समाचारदाता
पिपरा, २६ मंसिर

राम नारायण अयोध्या मा.बि. को प्रागंनमा पिपरा गा.पा.को अध्यक्ष रामजानकी यादबको अध्यक्षतामा बालबिबाह बिरुद्धको बृहत भेला समपन्न भएको छ । उक्त भेलाको उदघाटन उक्त गा.पा.का उपाध्यक्ष बन्दना पाण्डेले बैनर बाचन गरि गर्नु भएको थियो भने आमंत्रित सहभागीहरुलाई पिपरा गा.पा. को वडा अध्यक्ष मधुबेन्द्र झाले स्वागत गर्नु भएको थियो । उक्त भेलामा अध्यक्ष यादबले बालविवाह मुक्त क्षेत्र घोषणा कार्यविधि, २०८०को सार्बजनिकीकरण गर्नु भएको थियो भने उक्त कार्यविधिमा रहेका सुचकहरुलाई बाचन गरि सार्बजनिक गर्नु भएको थियो । उक्त सार्बजनिकीकरणमा आफनो गा.पा.को बिबाहको तथ्यांक प्रस्तुत गर्दे यस पालिकालाई २०८१ मंसीर मसान्त सम्म गा.पा. लाई बालबिबाह मुक्त पालिका घोषणा गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो भने यस पालिकामा रहेको वडा न. ७ मा सव भन्दा कम बालबिबाहको तथ्यांक २६ प्रतिशत रहेको हुनाले वडा नं. ७ र १ लाई चाडै नै बालबिबाह मुक्त वडा घोषणा गर्ने र क्रमिक रुपमा वडा धोषणा गदै लाने समेत बताउनु भयो ।
उक्त भेलामा अध्यक्ष यादबले प्रेस बिज्ञप्ती मार्फत गाउंपालिकाको प्रशासकिय भबनबाट पालिकाबासीको उपस्थितीमा पालिका अध्यक्षले उद्घाटन गर्ने र ७ वटै वडाहरुमा सम्बन्धित वडा अध्यक्षबाट उद्घाटन गरिने समेत बाचन गरि बालबिबाह जीन्दगी तबाह, बालबिबाह न करब, न कर देब, हमर पिपरा गाउंपालिका हमर गौरब भन्ने नाराका साथ यो अभियानलाई सेभ द चिल्डे«न , RCEFM , रतौली युबा क्लबलाई हाल सम्म गर्नु भएको सहयोगको लागी धन्यबाद दिदै अगामी दिनहरु प्नि यस्तै सहयोग र सहकार्यको अपेक्षा समेत जनाकारी गराउनु भएको थियो ।
उक्त भेलामा प्रतिबद्धता बैनरमा अध्यक्ष यादवले हस्ताक्षर गरि शुभारम्भ गरि क्रमिक रुपमा सबै सहभागीहरुले हस्ताक्षर गरी बालबिबाह नगर्ने नगराउने हस्ताक्षर मार्फत आफ्नो प्रतिबद्धता जनाउनु भयो ।
उक्त भेला कार्यक्रममा सात वटै वडाको वडासदस्यहरु, वडा सचिबहरु, वडा बालअधिकार समितीका सदस्यहरु, बिद्यालयका प्र.अ.हरु, हे.पो. इन्चार्जहरु, बाल क्लबका सदस्यहरु, राजनितिकदलका प्रतिनिधिहरु, महिला स्यंम सेविका, आमा समूहका प्रतिनिधिहरु, धार्मिक गुरु, पंडित, मौलाना तथा जातिय अगुवाहरु, नेपाल प्रहरी, पत्राकार, गैर सरकारी संस्था र SAVE THE CHILDREN समेतको प्रतिनिधिहरुको उपस्थिति थियो ।मन्तब्यको क्रममा सबै सहभागीहरुले आआफनो क्षेत्रबाट उक्त अभियानमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको थियो भने ७ वटैका वडा अध्यक्षहरुले आफ्नो वडालाई बालबिबाह मुक्त वडा घोषणा गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । प्रतिबद्धता मन्तब्य SAVE THE CHILDREN का मकर बहादुर सार्की र रतौली युबा क्लबको कार्यकारी निर्देशक बैद्यनाथ चौधरीले समेत राख्नु भएको थियो ।
बालविबाह विरुद्धको उक्त बृहत भेला पिपरा गा.पा.को आयोजना सेभ द चिल्ड्रेन तथा रतौली यूवा क्लबको आर्थिक सहयोगमा गरिएको थियो भने उक्त भेलामा उदघोषण पिपरा गा.पा.का महिला, बालबालिका तथा जेष्ठ नागरिक सेबा शाखाको संयोजक रचना झाले गर्नु भएको थियो ।