राजकीय संस्कृत मा.वि.मा थप निर्माण भएको भवनको उद्घाटन गरियो – Jaleshwortoday

राजकीय संस्कृत मा.वि.मा थप निर्माण भएको भवनको उद्घाटन गरियो

 December 19, 2023  
1

जलेश्वरटुडे समाचारदाता
मटिहानी, ३ पौंष

महोत्तरी जिल्लाको मटिहानीमा रहेको श्री राजकीय संस्कृत माध्यमिक विद्यालयमा निर्माण भएको थप २ कोठे पक्की भवनको आज उद्घाटन गरिएको छ ।
यसै बीच एक कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले सो पक्की भवनको समुद्धाटन गर्नुभयो ।
सो अवसरमा बोल्नु हुदैँ नगर प्रमुख मंडलले देशकै सबभन्दा जेठो करिब ३०५ वर्ष पुरानो विद्यालयमा उक्त भवनले पठनपाठन गर्न गराउन सहयोग पुग्ने भन्नु भयो। उक्त भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २० लाखको लागतमा निर्माण भएको कुरा पालिकाले जनाएको हो। वड़ा नं.७ का वड़ा अध्यक्ष जीत नारायण माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं.६ र ८ का वड़ा अध्यक्ष क्रमशः कलीम अंसारी र रितेश साह,कार्यपालिका सदस्य अरुण नाहर, वड़ा नं ८ का पूर्व वड़ा अध्यक्ष गणेश प्रसाद साह, या.ल.ना. विद्यापीठका प्राध्यापक हेम नारायण कर्ण,श्री राजकीय संस्कृत माध्यमिक विद्यालयका प्र.अ. ईश्वरी पौडेल, श्री राम मा.वि. मटिहानीका प्र.अ. श्रीश कुमार मिश्र, शिक्षक शिक्षिका, विद्यार्थी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।