महोत्तरीको गौशालामा झण्डा स्तम्भको शिलान्यास – Jaleshwortoday

महोत्तरीको गौशालामा झण्डा स्तम्भको शिलान्यास

 December 25, 2023  
1

गणेश कुमार सिंह
महोत्तरी, ९ पौष

महोत्तरीको गौशाला वडा नं.११ को श्री नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालय बहादुरगन्ज ७ मा झण्डा स्तम्भको शिलान्यास भएको छ ।
सोही विद्यालयमा अध्यापन गराउदै आई रहेको किशोरी राय यादव सर ज्यूले ६० वर्ष पूरा गरेको अनिवार्य अवकाश पछि विद्यालयको प्राङ्गणमा नेपालको राष्ट्रिय झण्डा स्तम्भ निर्माणको शिलान्यास गर्नुभएको छ ।

शिलान्यासमा किशोरी राय यादव र उनको श्रीमती पार्वती देवी ले शिलान्यास पुजा बसेर परम्परा अनुसार कर्म निष्ठा पुर्वक पुजा गरेका छन् ।
आफू ६०वर्ष काम गरेको बापतको सम्झनामा यस विद्यालयलाई झण्डा स्तम्भ निर्माणको सम्पुर्ण खर्च बेहोर्नेगरी सम्पुर्ण जिम्मेवारी झण्डा स्तम्भ निर्माणको शिलान्यास गर्नुभएको छ।
त्यसै क्रममा विद्यालय सम्पुर्ण परिवारले किशोरी राय यादव सर लाई हार्दिक आभार प्रकट गरेका छन् । समाजको तर्फबाट सर र सरका परिवारको सुस्वास्थ्यको कामना समेत गरेका छन् ।
सो शिलान्यास कार्यक्रममा विद्यालयको प्रधानाध्यापक, शिक्षक ,विद्यार्थी ,विद्यालय व्यवस्थापन समिति ,समाजका जनता र युवाहरु उपस्तिथि रहेको थियो ।