ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान – Jaleshwortoday

ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान

 December 26, 2023  
Untitled

  • प्रा.पवन कुमार साह

आज बुधबार ‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ नारा सहित देशभर राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिकका विषयमा पढाउन निर्देशन दिएको छ । मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गर्दै बुधबारको सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । ज्येष्ठ नागरिकलाई सम्मानको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुधबार ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न अनुरोध गरेको भन्दै शिक्षा मन्त्रालयले सामाजिक अध्ययन विषय पढाइ हुने समयमा ज्येष्ठ नागरिकका विषयमा पढाउन भन्दै पत्राचार गरेका छन् । सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयले ज्येष्ठ नागरिकका विषयमा अध्यापन गराइदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएका हुन् । राष्ट्रिय स्तरबाट यो निर्देशन हुनु वास्तवमा नेपालभरीका ज्येष्ठ नागरिकहरुको सम्मान हो । यसलाई शिक्षालयको कक्षाकोठामा मात्र सिमित नराखेर आजको दिन स्थानिय सरकार,प्रदेश सरकार,विभिन्न समाजसेवी संघसंस्था तथा हामी आफ्नो परिवारको सदस्य जो ६८ वर्ष पुगेर नेपाल सरकारको बृद्धा भत्ता खाइरहेको वा छुटेकाहरुलाई झन फुल,माला,टीका तथा मिठो खानेकुरा खुवाएर सम्मान गरौ र आशिर्वाद लिऔं ।