अयोध्या लगिने कोसेली टोलीको विदाई गरियो – Jaleshwortoday

अयोध्या लगिने कोसेली टोलीको विदाई गरियो

 January 4, 2024  
3

जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ पौष
May be an image of 8 people
भारतको अयोध्यामा हुन लागेको भगवान रामको प्राणप्रतिष्ठाको अवसर पारेर जानकीको माइती जनकपुरधामबाट कोसेली(सनेश) अयोध्यातर्फ पठाइएको छ ।
May be an image of 6 people and temple
जानकी मन्दिरको अगुवाईमा अयोध्या पठाउन लागेको कोसेली टोलीको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विदाई गर्नुभएको छ ।
May be an image of 4 people and temple
जानकी मन्दिर परिसरमा आज बिहान आयोजित विदाई कार्यक्रममा मुख्यमन्त्री यादवले कोसेली उठाएर विदाई गर्नुभएको हो । वहाँसँगै जनकपुरधाम
May be an image of 7 people, temple and text that says 'जय जय सियाराम! श्रीराम जन्मभूमि अयोध्याधाम में नवनिर्मित मर्यादा रुषोत्तम भगवान श्रीराम मन्दिर समुदघाटन एवं श्री रामलला के प्राण प्रतिष्ठा के पावन अवसरा माता सीता की जन्मभूमि (नैहर) जनकपुरधाम श्री जानकी मन्दिर से भार (सनेश) यात्रा प्रस्थान आयोजक:- जनकपुरधामस अयोध्याधाम भार (सनेश) यात्रा मुल समारोह समिति श्री जानकी मन्दिर, जनकपुरधाम (नेपाल)'
उपमहानगरपालिकाको मेयर मनोज कुमार साह,जानकी मन्दिर महन्थ तपेश्वर दास, सहायक महन्थ रोशन दास,साधुसन्त,स्थानिय नेता,भक्तजन तथा जनकपुरधामबासीहरुको सहभागिता रहेको थियो ।आउँदो २२ तारेखको अयोध्यास्थित राम मन्दिरमा प्राणप्रतिष्ठा कार्यक्रम छ ।
415495509_921626509553045_6977469637581250415_n 415531199_921626549553041_5467025003553297841_n